शनिबार, बैशाख ८, २०८१

कृषिमा लगानीको विकल्प छैन :गभर्नर

ubaraj khatiwadaकास्की, १८ मंसिर । वित्तिय संस्थाहरुले कृषि ऋण दिन नखोजिरहेका बेला नेपाल राष्ट्र वैकका गर्भनर युवराज खतिवडाले भने कृषि कर्जा प्रवाह गर्नका लागि वैंक तथा वित्तिय संस्थाहरुलाई नयाँ निर्देशन दिने बताएका छन् । व्यवसायिक रुपमा कृषि क्षेत्रमा लागिरहेका किसानहरुले सहज रुपमा ऋण नपाईरहेको अवस्थमा वैंकहरुलाई ऋण प्रवाह गर्न सजिलो हुने गरी धितो व्यवस्थामा खुकुलो निर्देशन आउन लागेको जानकारी दिएका छन् ।
पोखरामा आयोजित एक अन्र्तक्रिया कार्यक्रममा बोल्दै गभर्नर खतिवडाले कृषि क्षेत्रको औधोगिकरणका लागि थप लगानी आवश्यक भएको बताउँदै व्यवसायिक मूल्य भएको धितोमा कर्जा प्रवाह गर्नुपर्ने हालको प्रावधानलाई फेरवदल गरी गाउँघरको कृषिभूमिलाई पनि लिन सकिने खालको व्यवस्था गर्ने मस्यौदा बनाउने कार्य भईरहेको समेत उनले बताएका छन् ।
कृषि क्षेत्रमा लगानी गर्न वैंकहरु हिचकिचाईरहेका बेला बैंकहरुकै पक्ष लिएर गर्भनरले नयाँ क्षेत्रको पहिचान नगरी लगानी विस्तार गर्न नहुने धारण पनि राखेका थिए । विगतमा व्यापारिक क्षेत्रमा लगानी गर्ने बेला औधोगिक र पूर्वाधार क्षेत्र पनि नयाँ थियो अव कृषि क्षेत्रमा लगानी नगरिए मुलुकको आर्थिक उन्नति नहुने भएकाले कृषिमा लगानी गर्नु पर्ने समेत उनले बताए ।
बाणिज्य वैंकहरुलाई कृषि कर्जा प्रदान गर्नका लागि आकर्षित ६ प्रतिशत सहुलियत कर्जा प्रवाह गर्ने अधिकार दिएकोमा अव दायरा फराकिलो बनाउने गरी कार्यविधि संशोधन गर्न लागिएको समेत स्पष्ट पारेका छन्।

प्रकाशित मिति: बिहिबार, मंसिर १८, २०७१