बिहिबार, बैशाख १३, २०८१

किसानले पाएनन् धानको उचित मूल्य

imagesवीरगन्ज, १८ मङ्सिर । यस वर्ष धानको उत्पादनमा वृद्धि भए पनि त्यसको उचित मूल्य नपाएपछि मध्य तराईका बारा, पर्सा र रौतहटका किसान चिन्तित भएका छन् ।

अनुकूल मौसम र समयमा पानी परेकाले यस वर्ष धान उत्पादनमा झन्डै २० प्रतिशतले वृद्धि भएको हो । धानको उत्पादनमा वृद्धि भएपछि खुसी भएका किसानले धानको उचित मूल्य नपाउँदा निरास भएका छन् ।
भारतीय धानसँग प्रतिस्पर्धा गर्न नसक्दा किसानले सस्तोमा धान बेच्न बाध्य भएका छन् ।
अहिले सोना मन्सुली धानको बजार मूल्य प्रतिक्विन्टल रु दुई हजार १०० देखि रु दुई हजार २०० सम्म रहेको छ । गत वर्ष यसै समयमा यसको बिक्री मूल्य रु दुई हजार ३०० देखि रु दुई हजार ५०० सम्म रहेको थियो ।
त्यसैगरी गत वर्ष यसै अवधिमा मोटा धानको मूल्य रु एक हजार ८०० देखि रु एक हजार ९०० सम्म रहेकामा यस वर्ष रु एक हजार ६०० देखि रु एक हजार ८०० सम्म रहेको छ ।
भारतबाट भित्रिएको धानका कारण मूल्य ह्वातै घटेको हो । “भारतीय किसानले कृषिमा पाएको सरकारी सुविधा र सहयोगले नेपालको तुलनामा भारतमा कृषि उत्पादन लागत अत्यन्त कम हुने गरेका छन् ।
जसको प्रत्यक्ष प्रभाव नेपाली किसानमाथि पर्न गई भारतीय किसानसँग प्रतिस्पर्धा गर्न सकेको छैन् भारतसँग खुल्ला सिमाना भएको पृष्ठभूमिमा नेपाली किसानको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि नेपाल सरकारले पनि सिँचाइ, मल, बीउबिजन, कृषि ऋणलगायतमा सहयोग र सहुलियत दिनुपर्दछ ।

प्रकाशित मिति: बिहिबार, मंसिर १८, २०७१