बिहिबार, बैशाख १३, २०८१

तरकारी बजारमा प्रतिष्पर्धा छ

ram krishna kunwar

रामकृष्ण कुँवर कार्यकारी निर्देशक, बल्खु कृषि तथा तरकारी बजार

निजी क्षेत्रबाट बल्खु तरकारी बजार सञ्चालन गर्नु भएको छ कत्तिको चुनौती छ ?
यो बल्खु तरकारी बजार सञ्चालन गर्न कति चुनौती छ भन्ने कुरा भनेर साध्य नै छैन । यो चुनौती र संघर्षको कुरा भन्न अति नै गाह्रो छ भनेपछि अनुमान गर्नुस् कति गाहा्रे होला । नेपाली कृषि क्षेत्रको विकासका लागि बजारीकरणको जति नै ठूलो भाषण राज्यमा बस्नेहरुले गरिरहेका छन् त्यो केवल कागज र बोलीमा मात्र सिमित भएको छ । निजी क्षेत्रबाट सञ्चालनमा यस्तो बजार ल्याउनु ठूलो चुनौती हुँदा हुँदै पनि हामीले शुरु गरेका छौं । जसले कृषि व्यवसाय गर्नेहरुलाई ठूलो राहत उपलब्ध गराएको छ । कालीकाटी तरकारी बजारको एकल बजारबाट वाक्क भएका उपभोक्ताहरुलाई हामीले सहज रुपमा कृषि उपज उपलब्ध गराएका छौं हाम्रा लागि त्यो नै सवैभन्दा ठूलो खुशीको कुरा हो ।
तै पनि बजार त खोल्नु भयो नि सहयोग पाइयो त ?
कालीमाटी तरकारी बजार भनेको कृषि विकास मन्त्रालयको मातहतमा २०४३ जापानी संस्था जाइकाको सहयोगमा खुलेको बजार हो । काठमाडौंमा करीव १०÷१५ लाख जनसंख्या भएको अवस्थामा खोलिएको त्यो बजार झण्डै ४५ रोपनी जग्गामा फैलिएको छ । अहिले ५० लाख भन्दा बढी जनसंख्या छ । त्यही जनसंख्याको आधारमा राज्यले मनहरामा अर्को तरकारी बजार खोल्नका लागि ५८ रोपनी जग्गा लियो र तत्कालीन प्रधानमन्त्रील बजार सिलान्यास पनि गरे तर, अहिलेसम्म बजार सञ्चालन हुन सकेको छैन । त्यो नभएपछि मैले जनतालाई सहज रुपमा तरकारी खरिद गर्न बजार खोल्नै पर्दछ भन्ने सोचेर खोले यो बजार खोलेपछि धेरैले मलाई गाली पनि गरे । मैले जे सुकै होला भनेर बजार खोल्ने निर्णय पनि गरे तर त्यो बेला मलाई रकमको अत्यन्तै अभाव थियो । म कृषि विकास वैंकदेखि धेरै वैंक धाए तर यो बजारलाई रियल स्टेट हो भनेर कसैले पनि ऋण थिएनन् । मैले कसैलाई सहमत गराउन सकिन । र त्यसबेलाको डिएसविएल जुन अहिले ग्राण्ड बैंक बनेको त्यसका कार्यकारी अधिकृत सुधिर खत्रीलाई सहमत भएर मलाई ऋण दिएपछि बल्ल यो तरकारी बजारले मूर्त रुप लियो । एक बर्षभित्र बजार खोल्नु पर्ने भनेर ऋण मलाई दिइएको थियो मैले नौ महिनामा नै बजार खोले । मैले इटहरीदेखि बीरगञ्ज,बुटवलसम्मका किसानलाई बजारको लक्ष्य बनाएर प्रचार गर्ने तयारी गरिरहेको भएपनि बुकिङ्ग खोलेको सात दिनमा नै पूरा भएपनि मलाई झन् सजिलो भयो । कालीमाटीको थोरै ठाउँमा ६०÷६४ स्क्वाएर फितमा निस्सासिएर व्यवसाय गरिरहेका व्यवसायीहरुले यहाँ तुरुन्त बजारमा थाल्नु भयो । जसले गर्दा मलाई बैंकले दिएको समयसीमा भित्रै बजार खोल्न सहयोग पुग्यो । त्यसबेला यो बजार सञ्चालनका लागि महत्वपूर्ण सहयोग सुधिर खत्रीले गर्नु भएको हो ।
त्यति धेरै संघर्षका साथ बजार सञ्चालन शुरु गर्नु भो अहिले कस्तो लागिराखेको छ ?
म अत्यन्तै धेरै खुशी छु । तर राज्यले हामीलाई जुन किसिमको सहयोग गर्नु पर्ने हो त्यो गर्न सकेको छैन । कालीमाटीमा राज्यले सञ्चालन गरेको बजार हो । बल्खु बजारमा भनेको निजी क्षेत्रबाट खोलेको पहिलो होलसेल बजार । राज्यले यस्तो खालको बजार खोल्ने होइन यस्ता बजार निजी क्षेत्रलाई छोड्दै जाने हो । सरकारले खोलको बजारमा पनि निजी क्षेत्रलाई दिनु पर्दछ भन्ने मेरो धारणा छ । मैले सम्वन्धित निकायहरुमा भनेको पनि छु । कृषि ऋण वा अनुदानका लागि पनि सहजता अपाउनु पर्दछ । राज्यले दिने सहुलियत कृषिमा लगानी गर्नेहरुलाई दिने, स्थानीय निकायले लिने बहालकर होस् वा अन्य करमा छुटको व्यवस्था गरेर राज्यले विदेश जाने युवाहरुलाई कृषिमा आकर्षित गर्नुपर्दछ । अझ नगरपालिकाले घरबहाल कर लगाउँदै आएकोमा कृषि बजारहरुलाई पूर्ण रुपमा मिनाहा गर्नुपर्दछ । त्यस्ता करहरुका कारण उपभोक्ताहरुले बढी मूल्य तरकारीमा तिर्नु परेको छ ।
बजारमा आउने तरकारीहरुमा बिषादी प्रयोगका कुरा पनि उठिरहेका छन् नि त ?
ठिक हो, अहिले बजारमा बिषादीको हल्लाले व्यापकता पाएको छ । तर सरकारले किसानहरुलाई यस विषयमा जनचेतना अभिबृद्धि गर्नु प¥यो । तरकारी टिप्ने बेला भन्दा केही समय अगाडि नै किसानहरुले बिषादी प्रयोग गरेका तरकारी बजारमा बेच्न ल्याउँदा नाका नाकामा चेकजाँच हुने भएकोले त्यस्ता तकारी नल्याउन भन्नु पर्दछ । कालीमाटी बजारमा जस्तै फर्पिङ्ग नाका, साँगा नाका, कलंकी नाका, बालाजुको नाकाहरुमा पनि चेकजाँच गर्ने ठाउँहरु राखिएकोले बिषादी प्रयोग गरिएका तरकारी नष्ट गर्ने सूचना प्रवाह गर्ने हो भने बजारमा बिषादी प्रयोग भएका तरकारी पनि आउँदैन किसानहरु सचेत हुन्छन् । बरु हाइव्रिडतिर गएर बढी उत्पादन हुने तरकारी उत्पादनलाई प्रोत्साहन गर्न सक्यो भने किसानलाई पनि फाइदा हुने उपभोक्ताहरुले पनि सस्तोमा उपभोग गर्न पाउँछन् ।
सरकारले चलाएको कालिमाटी तरकारी बजार र निजी क्षेत्रमा सञ्चालन भएको बल्खु बजारको प्रतिष्पर्धा हो ?
त्यो राज्यले चलाएको तरकारी बजार हो । ठूलो क्षेत्रफलमा रहेको त्यो बजार र बल्खु तरकारी बजारवीच नचाहँदा नचाहँदै पनि प्रतिष्पर्धा जस्तै भएको छ । सानेपा, किर्तिपुर, कालीमाटी लगायतका उपभोक्ताहरु अहिले कालिमाटी भन्दा पनि बल्खु तर्फ आउने गरेका छन् । यो होलसेल बजार भएका कारण हामीले बिहान ३ बजे बजार खोल्न थाल्यौं । हामीले ३ बजे बजार खोलेपछि अहिले कालिमाटीले पनि ३ बजे खोल्न थालेको छ । कालिमाटी तरकारी बजारमा विचौलिया बढे भने तपाईजस्तै मिडियाहरुले लेख्न हुन्थ्यो बल्खु तरकारी बजार खुलेपछि विचौलियामा नियन्त्रण आएको छ । र अर्को कुरा के हो भने कालिमाटी पूर्ण रुपमा चलिसकेको बजार हो तर पनि हामीले विचौलिया कण्ट्रोल गरेपछि मूल्य पनि कमी भयो, बल्खु तरकारी बजारमा मूल्य कमी भएपछि कालिमाटी तरकारी बजारमा पनि मूल्य कम हुन थाल्यो । कालिमाटी तरकारी बजार सरकारी हामी निजी क्षेत्रको बजार हामी भन्दा पनि हामीसँग कालिमाटीले प्रतिष्पर्धा गर्नु परेको छ ।
बल्खुमा किन सस्तो त तरकारीहरु ?
धेरै कुराहरु छन् । हामीकहाँ जुनसुकै बेला पनि सवारी आवत जावत गर्न सक्छ, ढुवानीका लागि आएका गाडीहरु तत्काल फर्कन सक्छन् पटक पटक एउटै गाडीले ढुवानी गर्दछन् तर कालीमाटीमा त्यो सेवा नभएकोले पनि ढुवानीमा सस्तो भयो भने पनि तरकारी सस्तो हुन्छ । कालिमाटीमा सवारीलाई नगरपालिका, ट्राफिक धेरैले रोक्ने गर्दछ तर हामी कहाँ त्यो समस्या छैन त्यसकारण पनि किसानहरु तरकारी ल्याएर तुरुन्तै जान सक्ने भएकाले पनि तरकारीहरु सस्तोमा पाउने कारण हो ।
के ग¥यो भने उपभोक्ताहरुले सस्तोमा तरकारी उपभोग गर्न पाउलान् त ?
सरकारले अन्य अत्यावश्यक बस्तुहरु जस्तै तरकारी ढुवानी गर्ने साधनहरुलाई छुट दिने, एम्बुलेन्स जस्तै अत्यावश्यक साधनका रुपमा जुनसुकै बेला पनि हिड्न मिल्ने गरिदिने, तरकारी बोक्ने सम्पूर्ण साधनलार्इृ हरियो बनाउने र साधनमा लाग्ने करमा छुट दिनु पर्दछ । विरामी वोकेको एम्बुलेन्स जतै तरकारी वोक्ने साधनलाई पनि मान्यता दिनु पर्दछ । जसका कारण किसानहरुले जुनसुकै बेला पनि तरकारी ल्याउन सक्ने भएकाले किसानहरुले उत्पादन गरेका तरकारी खेर नजाने भएपनि सस्तो दिन्छन् । यहाँ त खेर जाने तरकारीको समेत मूल्य राखेर तरकारी बेच्नु पर्ने वाध्यताले गर्दा तरकारीको मूल्य चर्को हुने गरेको छ । कृषिका लागि अन्य अनुदान भन्दा पनि किसानले प्रत्यक्ष फाइदा पाउने कुराहरुमा राज्यले सहयोग स्वरुप अनुदानको व्यवस्था गर्नुपर्दछ ।
यो अवस्थामा कसरी नेपाली कृषिले व्यवसायिकता हासिल गर्ला त ?
जवसम्म किसानले उत्पादन गरेका कृषि उपजहरु लामोसमयसम्म भण्डारण गरेर राख्ने सुरक्षित भण्डारण स्थलहरु निर्माण हुँदैनन् तवसम्म किसानहरु व्यवसायिक हुन सक्दैनन् । किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको फरकफरक भण्डारण स्थलहरु बनाउन सके भने किसानहरुले पनि सुरक्षित हुन्छन् भने उपभोक्ताहरुले पनि सस्तोमा उपभोग गर्न पाउँछन् । त्योसँगै किसानहरुको हरेक कृषि उपजहरुको बीमाको व्यवस्था गर्ने हो भने कृषि क्षेत्रमा आकर्षण पनि बढ्छ । कृषिले व्यवसायिकता पनि हासिल गर्दछ । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: बिहिबार, मंसिर १८, २०७१