मङ्लबार, बैशाख ४, २०८१

कृषि मन्त्रालय योजना प्रमुख विहीन

काठमाडौं, १८ मंसिर कृषि विकास मन्त्रालय योजना महाशाखाका प्रमुख एवं सहसचिव रामप्रसाद पुलामीको अवकाश भएको तीन हप्ता वितिसक्दा पनि मन्त्रालयले अझै योजना प्रमुखको जिम्मेवारी तोक्न सकेको छैन

योजनामा आउनका लागि हाल वातावरण विभागका महानिर्देशकका रुपमा रहेका डा.सुरोज पोखरेल, कृषि सूचना तथा सञ्चार केन्द्रका प्रमुख ईश्वरप्रसाद रिजाल, प्याक्टका आयोजना निर्देशक योगेन्द्र कार्की, क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक टेक बहादुर बम लगायतका सहसचिवहरु दौडधुपमा रहेपनि को आउने हुन् भन्ने कुरा अझै टुङ्गो लाग्न सकेको छैन

कृषि विकास मन्त्रालयको योजना महाशाखामा आउने सहसचिव अत्यन्तै दुरदर्शि हुनु पर्ने भएकाले पनि हालसम्म सहसचिवलाई यो महाशाखामा जिम्मेवारी दिन नसकेको मन्त्रालय स्रोतले बताएको

कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीलाई राजनीतिक दवाव केही सहसचिवले दिएको भएपनि मन्त्रीले सो दवावलाई टेरेका छैनन् एमाले निकट मानिएका ईश्वरप्रसाद रिजाल वा डा. सुरोज पोखरेल मध्ये एक लाई योजनामा ल्याइनुपर्ने एमाले निकट कर्मचारी संगठन लागिरहेको स्रोले दावी गरेको भने अर्कोतर्फ विगतमा कृषि विभागमा उपमहानिर्देशक रहेर क्षेत्रीय निर्देशकमा तानिएका टेकबहादुर बमलाई योजनामा ल्याउन  खोजिएको मन्त्रालय स्रोतले दावी गरेको । यसैगरी कीट विकास निर्देशनालयका जगदीश श्रेष्ठ पनि योजनामा आउन पार्टीमा  दौडधुप गरिहेको स्रोतल बताएको छ । 

प्याक्टका आयोजना निर्देशक योगेन्द्र कार्की पनि योजनामा महाशाखा तान्ने सक्ने सम्भावना बढ्दै गईरहेको तर, कार्कीलाई प्याक्ट आयोजनबाट नसार्ने मनस्थितिमा मन्त्री रहेको पनि बुझिएको कृषि विकास मन्त्रालयको राम्रो आयोजना मध्येको सो आयोजनामा सकेसम्म एमाले निकट पार्टीप्रति बफादार व्यक्ति लैजानका लागि पनि पार्टीसम्म कुरा पुगेको एमाले निकट कर्मचारी संगठन एक सदस्यले बताए

प्रकाशित मिति: बिहिबार, मंसिर १८, २०७१