बिहिबार, फाल्गुन १७, २०८०

जैविक तरकारीखेती गर्ने महिला पुरस्कृत

इलाम, १० मङ्सिर । करेसाबारीमा जैविक तरकारीखेती गरेर उत्कृष्ट हुने महिला कृषकलाई पुरस्कृत गरिएको छ ।

हरितनगर महिला समूहले जैविक करेसाबारीमा नमुना तरकारीखेती गर्ने महिला कृषकलाई पुरस्कृत गरेको हो ।
इलाम नगरपालिका (इनपा)–७ की मनमाया आचार्य पहिलो, सोही वडाकी टीकादेवी अधिकारी दोस्रो र इनपा–९ की जमुना श्रेष्ठ तेस्रो भएकी छिन् । यसैगरी इनपा–१ की सुधा चौहान र प्रमिला बानियाँले सान्त्वना पुरस्कार हात पारेका छन् ।
उनीहरूलाई इलाम नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले जनही क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कार प्रदान गरे ।
वैशाखदेखि हरित नगर महिला समूहले करेसाबारीमा तरकारीखेती लगाउन महिलालाई प्रोत्साहन गर्दैआएको समूहकी अध्यक्ष मनु चापागाईंले बताएकी छिन् ।
समूहले ७० जना महिला कृषकलाई जैविक तरकारीखेतीसम्बन्धी तालिमसमेत दिइसकेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७१