बिहिबार, फाल्गुन १७, २०८०

कृषि क्षेत्रमा मोदीको उपहार : माटो परिक्षण गर्ने घुम्ती भ्यान

soil test van

काठमाडौं,  मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अठारौं सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आए लगतै विभिन्न सहयोग हस्तान्तरण गरे । प्रधानमन्त्री भए लगतै पहिलो पटक नेपाल भ्रमणमा आउदा संविधान सभामा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले नेपाललाई अर्गानिकमय बनाउनु पर्ने धारणा सार्वजनिक गरेका थिए ।
पहिलो पटक नेपाल भ्रमणमा आउदा किसानहरुलाई आवश्यक पर्ने मल, वीउ तथा प्रविधि सहज रुपमा उपलब्ध गराउनु पर्ने मन्तव्य दिएका मोदीले सार्क सम्मेलनमा सहभागी हुन आउँदा भने नेपाली किसानहरुका लागि माटो परिक्षणगर्ने घुम्ती भ्यान उपहार सहयोग स्वरुप उपलब्ध गराएका छन् ।
आज साँझ सिंहदरबारमा आयोजित विशेष कार्यक्रममा भारतीयप्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शुशिल कोइरालाको उपस्थितिमा भारतको उडिसा राज्य स्थित पारादिप फस्फेस्ट लिमिटेडका अध्यक्ष सरोज कुमार पोदारले कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनाललाई भारु. ४८ लाख बराबार पर्ने माटो परिक्षण घुम्ती भ्यानको साँचो हस्तान्तरण गरेका हुन् ।
सो घुम्ती भ्यानबाट किसानका खेतमा तत्कालै माटोको पोषण, आद्रता र पिएच नाप्न सकिने रोटरी सेकर र स्पेक्ट्रोफोटोमिटर जडान गरिएको छ । साथै सो भ्यानमा अग्नि नियन्त्रक यन्त्र र एअर कण्डिसन पनि जोडिएको बताइएको छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ९, २०७१