आइतवार, जेष्ठ १३, २०८१

एशियाली राष्ट्रमा खाद्य संकटको चर्चा, सार्क शिखर सम्मेलनले कृषि उत्पादनमा जोड देला ?

Saarcकाठमाडौं, मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औं सम्मेलन  काठमाडौंमा हुन गईरहेको छ । दक्षिण एशियाली देशहरुको साझा मुद्दामाथि यो शिखर सम्मेलनले पक्कै पनि केही निर्णय गर्ने अनुमान गरिएको छ । विकासका मुद्दा मात्र होइन सम्मेलनमा सहभागी राष्ट्रहरुले खाद्य सुरक्षाका विषयपनि उठान गर्छन् कि भन्ने अड्कलबाजी पनि गरिएको छ । सार्क राष्ट्रमा अवको केही बर्षभित्रै खाद्य सुरक्षाको जटिल समस्या देखापर्ने अनुमान गरिरहेका बेला आसन्न सार्क शिखर सम्मेलनले आम नागरिकहरुलाई भोकभरीबाट सुरक्षित गराउन खाद्य सुरक्षाको विषयलाई महत्व देला कि नदेला भन्ने प्रश्न उब्जन थालिसकेको छ ।
नेपाल कृषि प्रधान देश भनेर हाम्रा नेताहरु सार्क शिखर सम्मेलनमा कुर्लन सक्लान् ? तर, मुलुक बास्तवमा नै कृषि प्रधान छ कि कृषक प्रधान छ भन्ने कुरा सोच्नु पर्ने बेला नेतृत्व पंक्तिको का“धमा छ । सार्क शिखर सम्मेलनमा कृषि उत्पादनका कुरालाई बढी महत्व दिएर सार्क राष्ट्रलाई भोकमरीबाट जोगाउन सामूहिक बहश यो अठारौं सार्क शिखर सम्मेलनमा हुनुपर्दछ ।
जवसम्क कृषि उपज अर्थात खाद्यान्न उत्पादनमा जोड दिन सकिन्न तवसम्म भोकमरीका कुरा वा खाद्य संकटका कुरा हामी माझ सवैभन्दा ठूलो समस्याका रुपमा आउन सक्छ । हरेक देशले आफ्नो मुलुकमा कृषि उत्पादनबृद्धि गराउन कस्ता कदम चालिएका छन् र त्यसबाट प्राप्त प्रतिफलका विषयमा छलफल गरी कृषि उत्पादनबाट मात्र भोकमरीबाट जोगिने सकिने, खाद्य संकटलाई टार्न सकिने एउटा निर्णय गर्न सक्नु पर्दछ । हामी भोकमरी र खाद्य संकटका कुरा गरिरह“दा त्यसबाट उम्कन खोज्नु अनिवार्य छ । केवल विकासे फोस्रा नारा लगाएर मात्र न त कुनै मुलुकको विकास भएको छ, न त ती मुलुक आत्मनिर्भर नै बन्न सकेका छन् । सार्क सदस्य राष्ट्रहरुले बेलैमा खाद्य सुरक्षाका लागि कृषि क्षेत्रको विकासका सन्दर्भमा निर्णायक भूमिका निर्वाह गर्न सक्नु पर्दछ । अठारौं सार्क शिखर सम्मेलनले आम किसानहरुको समस्यालाई सम्वोधन गर्नेगरी कृषि उत्पादनमा जोड दिनु आवश्यक देखिएको छ । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, मंसिर ७, २०७१