मङ्लबार, बैशाख ११, २०८१

च्याउको भण्डारण अभाव

moshorm
काठमाडौं, ४ मंसीर । पछिल्लो समयमा उपत्यका लगायत विभिन्न जिल्लामा व्यवसायिक रुपमा च्याउ उत्पादन शुरु गरिएको भएको पनि त्यसलाई विकास गर्न नसकेको सो क्षेत्रमा विज्ञहरुले बताउन थालेका छन् । युवा लक्षित कार्यक्रमका नाममा करोडौं रुपैयाँ च्याउ, मौरी लगायतका क्षेत्रका बजेट छुट्याएको भएपनि त्यसको असर बाहिर आउन सकेको छैन ।
विगतमा केन्द्रिय स्तरबाट सो रकम खर्च गरिने भएको भएपनि हाल जिल्ला जिल्लाबाट कार्यक्रममा खर्च हुन थालेपछि अनुदानको रकम कनिका छरेजस्तो भएको आरोप लाग्न थालेको छ ।
व्यवसायिक रुपमा च्याउ खेती गर्ने किसानहरुले उत्पादन गरेका च्याउलाई लामोसमयसम्म भण्डारण गरेर राख्न नसकेका कारण च्याउ खेती गर्न किसानहरु निरुत्साहित हुने हो कि भन्ने डर पलाउन थालेको व्यवसायिक कीट विकास निर्देशनालयका कार्यक्रम निर्देशक जगदीशभक्त श्रेष्ठको भनाई रहेको छ ।
जुन रुपमा युवाहरु च्याउ खेती गर्न उत्साहित हुनु भएको छ त्यही रुपमा च्याउको भण्डारण तर्फपनि पाइला चाल्नु आवश्यक रहेको उनको तर्क छ । त्यसका लागि बजेट अभाव हुनाले पनि चाहे जस्तो काम गर्न नसकिएको श्रेष्ठले कृषिलाई बताए ।

प्रकाशित मिति: बिहिबार, मंसिर ४, २०७१