आइतवार, फाल्गुन २०, २०८०

बधशाला निर्माणका लागि रु बीस लाख सहयोग

वीरगन्ज (पर्सा), २७ कात्तिक । वीरगन्ज उपमहानगरपालिकामा रहेका मासु पसलको अवस्था सुधारका लागि सरकारले लगानी गरेको छ । उपभोक्ताले स्वस्थ मासु उपभोग गर्न पाउन भन्ने उद्देश्यले नगरका माछा मासु व्यवसायीलाई सरकारले आर्थिक सहयोग गरेको हो । वीरगन्जका ११ वटा विभिन्न मासु पसललाई अनुदानस्वरूप रु २० लाख ५० हजार सहयोग गरेकोे जिल्ला पशु कार्यालय पर्साका प्रमुख डा राम परीक्षण साहले जानकारी दिए । उनले सरकारले अनुदान रकम दिएपछि ती माछा मासु पसलमा सुधार आएको जानकारी दिए । अन्य जिल्लामा सरकारले बधशाला निर्माणका लागि पनि अनुदान दिएको बताउँदै उनले वीरगञ्जका व्यवसायीले पनि बधशालाका लागि पहल गर्न सक्ने जानकारी दिए ।
वीरगन्जमा अझै पनि माछा मासु पसलको अवस्थामा सुधार ल्याउन आवश्यक रहेको उनको भनाइ छ । विभिन्न पशुपक्षीको मासुबाट नै मानिसको शरीरमा ७० प्रतिशतसम्म रोग सर्ने सम्भावना भएका कारण स्वस्थ मासुको उपभोग गर्नु अति आवश्यक रहेको डा साहले सुझाव दिए । देशभर भने करिब चार करोड रुपैयाँ सरकारले मासु पसल सुधारमा लगानी गरेको पशुपक्षी बजार प्रवद्र्धन निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, कार्तिक २७, २०७१