आइतवार, फाल्गुन २०, २०८०

पशुपालन गर्ने किसानलाई बीमा गर्न आग्रह

bima chitwanचितवन, २४ । व्यवसायिक रुपमा पशुपालन गरिरहेका किसानहरुलाई राज्यले दिएको सुविधाको उपभोग गर्दै पशु बीमा गर्न पशु सेवा कार्यालयका प्रमुख डा. रामकुमार कार्कीले आग्रह गरेका छन् । किसानहरुको पशुधन सुरक्षाको लागि किसानसम्म बीमा सम्वन्धी जानकारी गराउने उदेश्यले सरोकारवालहरुसँग गरिएको बीमा सम्वन्धी कार्याशाला गोष्ठिलाई सम्वोधन गर्दै डा. कार्कीले सो कुरा बताएका हुन् ।
पशु सेवा कार्यालयले चितवनको गुन्जनगर आयोजना गरेको सो कार्यक्रममा दुग्ध सहकारी संस्था र व्यवसायिक किसानहरुले पशु बीमा र त्यसबाट लिन सक्ने फाइदाका बारेमा छलफल गरिएको थियो । गोष्ठिमा सरकारले कृषि बीमाको प्रिमियमका लागि ७५ प्रतिशत अनुदान उपलब्ध गराएकाले सो सुविधाबाट फाइदा लिन र आफूलाई सुरक्षित बनाउन डा. कार्की सम्पूर्ण किसानहरुलाई अनुरोध  समेत गरेका थिए ।
पशु बीमा गरौं, पशु धनको संरक्षण गरौ भन्ने मूल नारा सहित आयोजना गरिएको सो गोष्ठिमा ३२ जना व्यवसायिक पशुपालन गर्ने किसानहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमवार, कार्तिक २४, २०७१