शनिबार, बैशाख ८, २०८१

राज्य शतप्रतिशत निरिह अवस्थामा छ केही गर्न सक्तैन

sashi paudel
शशी पौडेल: अगुवा किसान

० नेपालमा व्यवसायिक गाईपालनमा आकर्षण बढिरहेको छ भनिन्छे वास्तविक रुपमा गाई पालन व्यवसाय फस्टाए को हो ?
कुरामा गर्नका लागि अवश्य नै फस्टाएको छ तर वास्तवमा त्यो छैन । पछिल्ला केही दुइ चार वर्षमा गाईपालन व्यवसायतिर जसरी आकर्षण बढिरहेको थिया त्यो आकर्षण अहिले आएर विस्तारै घट्दै गइरहेको अवस्था छ ।
० यति छिट्टै आकर्षण घट्नुको कारण के हुन सक्छ ?
यो धेरै जटिल कार्य हो । गाईवस्तुपाल्नु यसलाई जोगाउनु दुध दुनु र बेच्नु त्यसको बजारीकरण गर्नु भनेको एकदमै जटिल काम हो । यसको व्याख्या गरेर थाहा हुने कुरा पनि हुँदैन सहजै बुझाउन पनि सकिदैन । यसका लागि आपैm अनुभूति गर्नु पर्ने पनि हुन्छ । यसमा धेरै लामो प्रसंग जोडिन्छ । बच्चा ब्याउने, दुध दुने, गोबर सोर्ने, सबैको आर्थिक व्यवस्था गर्नेसम्म यसमा जटिलता छ । यसको पछाडि मुलुकको नीति नहुनु मुख्य कारण हो ।
० राज्यले गाईपालनतर्फ युवाहरुलाई आकर्षण गर्ने कार्य गरिरहेको भन्छन् नि त ?
असम्भव भन्ने केही कार्य पनि यो संसारमा छैन सबै सम्भव नै हुन्छ । तर बुढा, युवा र केटाकेटी भनेर कृषिमा जुन विभेद गरिएको छ त्यसले चाहि कृषि वा गाईपालन व्यवसाय अगाडि बढ्दैन । जुन प्रकारमा युवाको ठूलो संख्या विदेशिएका छन् त्यस्तो अवस्थामा नेपालमा गाई पालन व्यवसाय फस्टाउला जस्तो लाग्दैन । राज्यले युवालाइ बेरोगार बनाएर झन बिगार्न खोजिरहेको छ । युवाहरुलाई बिगार्नको लागि नै राज्यले युवा स्वरोजगार कोष र युवा लक्षित कार्यक्रम ल्याएको छ । युवा स्वरोजगाबाट कति युवाहरुले रोजगार पाए र कतिले रोजगारी सृजना गरे ? यो त युवाहरुको आँखामा छारो हाल्ने र उनमा भ्रम पारेर आफ्नो पछाडि झोले बनाएर हिंडाउने राजनीतिक दलहरुको उद्देश्य हो ।
० नेपालमा पछिल्लो समयमा हरेक राजनीतिक नेतृत्वले कृषि विकासका कुरा गर्दछन् साँच्चै विकास भएको हो त ?
एक हिसाबमा तपाइको प्रश्न सही हो । हाम्रा राजनीतिक दलहरु शब्दमा राम्रा कुरा गर्ने, राम्रा लेख्ने, अर्काले लेखिदिएका राम्रा किताबहरु पढ्ने र त्यही पढेका राम्रा कुराहरु भाषण गर्ने र व्याख्या गर्ने गर्छन । तर, व्यवहारमा २०४६ देखि अहिलेसम्म राज्यका लागि एउटा स्थिर कार्यक्रम कुन राजनीति दलले ल्याउन सकेको छ ? २०४६ साल यता कुनैपनि दलहरुमा राजनेतामा हुनु पर्ने क्षमता र खुबी भएको जस्तो मलाइ लाग्दैन । तपाइँ नेपालमा स्वतन्त्र नेपाली कोही पनि देख्न सक्नु हुन्न । यहाँ त काँग्रस, एमाले, माओवादी, मधेसी, राप्रपा मात्रै छन् स्वतन्त्र नेपाली कोही पनि छैन । जबरजस्ती कुनै न कुनै दलको सदस्य बनाइन्छ र कुनै न कुनै दलको पछाडि लगाएकै हुन्छ । त्यसका लागि पनि कृषि विकासका कुराहरु मात्र हुन् । विकास भएको छैन ।
० भखैरै नेपाल सरकारले ६ प्रतिशत ब्याजदरमा किसानलाइ ऋण दिने भनेर घोषणा गरेको छ नि व्यवसायिक किसानका नाताले के भन्नु हुन्छ ?
राज्यको नीतिनै विवादास्पद छ । एकातिर कृषिलाई व्यवसायीकरण गर्नुपछ भन्छ अर्कातिर लगानीको कुरा राख्दछ । एक करोडसम्मकोलाई ६ प्रतिशतले ऋण दिने भनेको छ । यदि कृषिलाई व्यवसायिकरण नै गर्ने हो भने एक करोडले के हुन्छ ? एक करोड होइन एक अर्व राख्नु पर्छ । एक करोडले त पचासवटा गाई आउदैन गाइको त कुरै नगरौ यसले त गाई गोठ समेत बनाउन पुग्दैन । त्यसैले यो पनि युवा लक्षित कार्यक्रम जस्तो बनाएर आ–आफ्ना कार्यकर्तालाइ पालन पोषण गर्ने नीति जस्तो नै हो । यो मुलुकमा आपूmले श्रम र मेहनत गरेर अहिलेसम्म कुनै पनि व्यक्ति नेता बनेका र सत्तामा पुगेका छैनन् । अहिलेका अर्थमन्त्री रामशरण महत र गर्भनर जागिरे मानिसकताबाट आएका हुन् । कृषिका लागि केही गर्नु पर्दछ भन्ने सोच उनीहरुमा आउदै आउदैन । नेपालका कृषक अथवा उद्योगीहरुलाई केही दिनु प¥यो भने आफ्नै गोजी र पेन्सनको रकमबाट दिनुपर्छ जस्तो गर्दछन् ।
० नेताहरुले कृषि प्रधान देश भनेर कृषि क्रान्तिका कुरा गरिरहेका हुन्छन् त ?
नेपालबाट खुसार्नी, चामल र गहुँ लगायत पहिला निर्यात हुन्थ्यो भने अहिले लसुन, प्याज र आलु समेत हामीले बाहिरबाट आयात गर्नु पर्ने अवस्था छ । के आधारले कृषि प्रधान देश भनेर भाषण गर्दछन् ? कुन चिजले हाम्रो राष्ट्र आत्मनिर्भर छ हामीले नेपाल कृषि प्रधान देश भनेर भाषण द्धर्ने आधार नै छैन ।
० आपूmलाई साधारण किसान भन्न रुचाउनु हुन्छ कि गाई पाल्ने व्यवसायिक किसान ?
म व्यवसायिक किसान हुँ । तर अरुले कसरी हेरिरहेका छन् भन्ने कुरा नै महत्व हुन्छ । आप्mनै विषयमा भन्दा गलत हुन सक्छ ।
० चार सयको हाराहारीमा गाई फार्ममा छ तर अझै व्यवसायिक भएन की भन्ने संकेत गर्नु भो नि त ?
सामान्यतया व्यवसाय भनेपछि मुनाफामा जानु पर्छ । तर सबै व्यवसायहरु मुनाफामा जानु पर्छ भन्ने छैन । मेरो गाई फार्म मात्रै होइन कतिपय ठूला–ठूला व्यवसाय पनि मुनाफा भन्दा भन्दै टाट पल्टेका छन् । राज्यले सञ्चालन गरेका कतिपय व्यवसाय टाट पल्टेर निजिकरण समेत गर्नुपरेको हामीलाइ थाहा भएकै कुरा हो । तर मेरो हकमा भन्नु पर्दा मैले कृषिमा व्यवसायिकरण हुनै पर्छ र सुरुवात पनि म बाटै हुनुपर्छ भनेर मेरो बलबुता क्षमताले भ्याएसम्म मैले यस क्षेत्रमा लागे र व्यवसाय सुरु गरेको छु जस्तो लाग्छ । म इजरायल जादा के अनुमान गरे भने यदि राज्यले त्यहाँको जस्तो सुविधा र प्रविधि मैले पाउन सके भने त्यँहाको भन्दा धेरै राम्रो म यहा गर्न सक्छु भनेर ठोकुवाका साथ ग्यारेण्टी दिन सक्छु । यहाँ त राज्यले केही गर्छु भन्नेलाई त्रसित र निरुत्साहित गराउनु बाहेक के नै गरेको छ ।
० तर नेताहरु त गोठदेखि ओठसम्मका कुरा गर्छन नि ?
हाम्रा नेताहरुले अर्काले लेखेका पुस्तकहरु राम्ररी घोकेका छन् । अर्काका बादहरु राम्ररी कण्ठ गरेका छन् । माकर््सले यस्तो ग¥यो, लेनिनले यस्तो ग¥योे भन्दै वादमा चार–चार घण्टा भाषण गर्छन हाम्रा नेताहरु त्यो घोकेको वादको भाषण गर्न समय थोरै हुन्छ । तर आफ्नो देशमा देशका लागि के गर्नु पर्ने हो त्यो विषयमा दश मिनट पनि बोल्न सक्दैनन् । किनकी उनीहरुलाइ आफ्नो देशका लागि के गर्नु पर्ने हो त्यस विषयमा केही थाहा नै छैन ।
० पाँच वर्षको गाईपालन व्यवसायबाट सन्तुष्ट हुुनुहुन्छ ?
म आप्mनो कार्यप्रति सन्तुष्ट नै छु । यदि यसैलाई पैशासँग तपाइले जोडेर हेर्नु हुन्छ भने असन्तुष्ट हुन सक्छ । असन्तोष भनेको संसारमा पैसा मात्रै एउटा चिज हो । पैसाले कसैलाई पनि सुख दिएको छैन पैसाले दिने भनेको दुःखै मात्र हो । मैले यसलाई पैसासँग भन्दा सन्तुष्टीसँग जोडेकोछु । मैले एक अर्व रुपैया कुनै अर्को व्यायसायमा लगानी गरेर कमाउथे भने म अझ दुःखी हुन्थे र अर्को दुइ तीन करोडको ऋण थपिन्थ्यो होला । तर मैले गाईपालन व्यवसाय गरेको छु लगानीका हिसाबमा अवश्य पनि म घाटामा हुन सक्छु तर सन्तुष्टीका हिसाबमा त्यो अमुल्य छ । हाम्रो फार्ममा ताप्लेजुङदेखि दार्चुलासम्मका कृषकरु सबै आउनु भएकोछ र कतिपयले मलाई कलियुगको श्रीकृष्ण भनेर खुट्टा ढोग्नु भएकोछ । अब त्यो सन्तुष्टी गाईपालन नगरेर मैले अन्य व्यवसाय गरेर पैसा कमाएको भए पाउथे होला र ? त्यो तपाई आपैm अनुमान गर्नु होस । पैसा कमाएर हुने भनेको असन्तुष्टी मात्रै हो । ठूला–ठूला धनाढ्यहरुलाई हेर्नुहोस कोही पनि सन्तुष्ट छैनन । हाम्रो त अध्यात्मवादले पनि गौ सेवा गरेपछि यो जुनिमा राम्रो नभए अर्को जुनिमा हुन्छ भनेको छ । मैले मानिसलाई अमृत खुवाएको छु । माटोलाई अमृत बनाएको छु । मैले यो कार्यलाइ पैसासँग जोडेर हेरेको छैन त्यसैले म सन्तुष्ट छु ।
० त्यसो भए गाईपालन व्यवसायका लागि राज्यले केही गरेको छैन ?
राज्य शतप्रतिशत निरिह अवस्थामा छ राज्य केही गर्न सक्तैन । यसको अर्थ राज्य चलाउनेले चाहदैन । राज्यलाइ अस्तव्यस्त राख्यो भने जे चाह्यो त्यो गर्न सकिन्छ । यदि राज्यलाई सिस्टममा चलायो भने चलखेल गर्न सकिन्न । अहिले लगभग नब्बे प्रतिशतको हाराहारीमा गाई फार्महरु बन्द भइरहेको अवस्था छ । राज्य सञ्चालकहरुलाई म के भन्छु भने मेरा चार पाच सय गाई मरे अथवा मेरो गाई फार्म धरासायी भएर बन्द भयो भने पनि राज्यलाई केही फरक पर्दैन । अरुले पनि यो व्यवसाय गर्न लाग्नु भएको छ वा गरेका छन् उहाहरुले त झन गर्नै सक्तैनन उनीहरुमा निराशा पलाउछ र पछिका पचास वर्षसम्म यो व्यवसाय पछाडि पर्छ र यो मुलुकका लागि खतरनाक र गम्भीर कुरा हो ।
०गाईपालन गर्नेहरुलाइ के सुझाव दिनु हुन्छ ?
मैले त के भन्छु भने तपाइहरु राज्यले सहयोग गर्छ दान अनुदान दिन्छ भन्ने सोच राखेर व्यवसाय नगर्नुहोस् । राज्यले सजिलै तरिकाले तपाईहरुलाइ केही दिनेवाला छैन । तर आफ्नै बलबुताले गर्न चाहनु हुन्छ भने गर्नुहोस । किन भने कृषि र पर्यटन व्यवसाय भनेको देश विकासका लागि हो । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, कार्तिक २३, २०७१