बिहिबार, बैशाख १३, २०८१

नार्कमा राजनीतिक हस्तक्षेप बढ्यो

dr. dil
डा. दिलबहादुर गुरुङ्ग, निवर्तमान कार्यकारी निर्देशक, नार्क

नार्कको कार्यकारी निर्देशकबाट राजीनामा दिनु भयो नि किन ?
कृषि अनुसन्धान परिषद् स्वायत्त संस्था हो । यो संस्थामा चारबर्षका लागि समय तोकेर मन्त्रीपरिषद्बाट नियुक्त भएको कार्यकारी निर्देशकलाई मन्त्रीले नेपाल कृषि अनुसन्धान परिषद्को ऐन विपरित विना कारण मन्त्रालयमा काजमा झिकाएको हुनाले कृषि अनुसन्धान परिषद्को स्वायत्तताको स्वाभिमानमाथि नै प्रहार भएको महशुश गरी परिषद्को स्वायतत्ता रक्षाका लागि र मन्त्रीले कृषि अनुसन्धान परिषद्मा आफूलाई मन लागेको गर्न नपाए काजमा तान्ने परम्परा बसाउन खोजेकाले मैले राजीनामा दिएको हु“ ।
नार्क स्वायत्त हु“दा हुँदै पनि मन्त्रालयमा किन काजमा तानिएको होला ?
यसले के देखाएको छ भने पेशा र काम भन्दा पनि राजनीति बढी हावी भयो भन्ने लाग्छ । मन्त्रीलाई पेशा भन्दा पनि पदका लागि प्रभाव पारेका कारण यो काजमा तान्ने काम भएको हो । यो काजका नाममा काजको अपव्याख्या गरेर मन्त्रालय तान्ने काम भएको हो । नार्कको काममा कहिल्यै स्थायित्व नहुने भयो, मन्त्रीले जहिले पनि विधिवत आएको कार्यकारी निर्देशकलाई जुनसुकै बेला पनि आफूलाई भन्या जस्तो भएन र गरेन भने मन्त्रालय तान्ने परम्परा नै बस्यो । यो घटनाले जो सुकै कार्यकारी निर्देशक भएपनि मन्त्रालय तानिने अवस्थाको शुरुवात पनि भयो ।
एडिएसको अध्ययन र परामर्शका लागि काजमा तानिएको हो भन्ने छ नि त ?
काजमा तान्ने कारण मात्र हो त्यो । १४ १५ देशका अनुदानदाताहरुले २ बर्ष लगाएर बनाएको ३६ जना भन्दा बढी विशेषज्ञहरुले बनाएको दस्तावेजलाई नेपाल सरकारले समेत पास नगरीसकेको अवस्थामा कार्यान्वय गराउन खोज्नु भनेको हास्यास्पद हो ।
यो काजमा झिकाउने कामले कृषि बैज्ञानिकहरुलाई हतोत्साह गर्ने काम भएको हो पनि भन्छन् नि ?
वास्तवमा भन्ने हो भने मन्त्रीले भन्दै आईरहेका कुरा र काम पनि मैले गर्दै आईरहेको हो । तर मन्त्रीले दिएका तीनवटा निर्देशन र ७ जनालाई केन्द्रप्रमुख पनि बनाईदिएको हो र अहिले फेरि पनि अन्य दवाव आएको हुनाले संस्थामा बढी चलखेल हुने भो भन्ने सोचेर मैले केही सुधारका लागि ऐन नियमभन्दा फरक नगर्ने सोच बनाएको हो । जसको परिणाम काज सरुवा भएको छ ।
नार्क भित्र मन्त्रीले भनेका मान्छेहरुलाई राम्रा ठाउ नदिएको कारणले यो अवस्था आइएको भन्छन् नि त?
यसमा सत्यता धेरै छ । त्यसमा मैले नियम अनुरुप सम्वोधन गर्ने प्रयास पनि गरेको हो तर अचनाक यो घटना आयो यसलाई तपाई त्यही किसिमले बुझ्नु पर्ला ।
राजीनामा स्वीकृत नभएर पुन ः नार्कमा पठायो भने के गर्नु हुन्छ ?
मैले राजीनामा दिईसकेको छु । अव त्यतातिर सोच्नु वेकार हुन्छ जस्तो लाग्छ मलाई । त्यसकारण म अव स्वतन्त्र रुपमा नै नेपाली किसानहरुका लागि नै काम गर्दछु ।
राजनीति करण भयो भने कृषि अनुसन्धान परिषद्को अवस्था त विग्रला नि ?
जवसम्म त्यहाँ कार्यरत कर्मचारीहरुको स्थायित्व र त्यहाका वैज्ञानिकहरुले किसान उपयोगी प्रविधि निकाल्न गाह्रो पर्दछ त्यसका लागि निश्चित समय लाग्छ । नार्कमा भनसुन र राजनीतिक शक्तिका आडमा पदमा बस्ने परम्परा बस्न थालेको छ यसले नेपालको कृषि अनुसन्धानको क्षेत्रमा ठूलो संकट निम्त्याउछ । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: शुक्रबार, कार्तिक २१, २०७१