शुक्रबार, बैशाख ७, २०८१

किसानका आँखामा छारो हाल्ने काम

काठमाडौं, १६ कार्तिक । अर्थमन्त्री डा. रामशरण महतले बजेट वक्तव्य मार्फत कृषि क्षेत्रमा बैंक तथा वित्तिय संस्थाहरुले दिने ब्याजदरमा सहज गर्ने र ६ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गर्नु पर्ने कुरा आयो । धेरै किसानहरु विशेष गरी करोडौं लगानी गरेर व्यवसायिक कृषि गर्ने व्यवसायिक किसानहरु यसबाट खुशी पनि भए । तर अर्थमन्त्रीको सो बजेट भाषणलाई वित्तिय संस्थाहरुले धोती लगाई दिए । ६ प्रतिशतमा दिने भनिएको ऋण कागजमा मात्र सिमित भयो । बजेट भाषण सुनेर खुशी व्यक्त कृषि व्यवसायमा संलग्न व्यवसायी निराश भए ।
हुन पनि सरकारले ६ प्रतिशत ब्याजदरमा ऋण प्रवाह घोषणालाई कार्यान्वयनमा ल्याउन सकेन । कुनै बेला कृषि क्षेत्रको विकासका लागि भनेर खुलेको कृषि विकास वैंकले समेत कृषि ऋणका लागि विश्वास गरेन । कृषिमा ऋण दिनु भन्दा घरजग्गामा नै लगानी गर्न कृषि विकास मन्त्रालय दत्तचित्त भयो । आजसम्म पनि सो कायम नै छ । धेरैले कृषि विकास वैंक नामका कारण कृषि ऋणका लागि त्यही पुग्ने गरेका छन् तर किसानहरुले चर्को ब्याजदर कृषि विकास वैंकमा नै तिर्न वाध्य भएका छन् । विगतका अवस्थालाई हेर्ने हो भने कृषि ऋण लिएका धेरै किसानहरु कृषि विकास वैंकबाट शोषित बनेका छन् । भने त्यही वैंकबाट करोडौं ऋण लिएर कृषिमा लगानी नगरी अन्त्रय लगानी गर्नेहरुले पनि विभिन्न कारण देखाएर राजनीतिक शक्तिका भरमा ब्याज मिनाह गरेको पनि प्रशस्त उदाहरण छन् ।
यतिखेर कृषि विकास वैंक नाममात्रको कृषि विकास वैंक रहेको छ । यो वैंकपनि अन्य निजी वैंकहरु सरह भएको छ । कृषिमा भन्दा अन्य क्षेत्रमा ऋण प्रवाह सहज रुपमा गर्दै आएको देखिन्छ । यो अवस्थामा सरकारले भनेजस्तै किसानका लागि सहुलियतमा ऋण प्रवाह गर्न निजी वैकहरु तयार होलान् भन्नु किसानका आँखामा छारो हाल्ने काम मात्र नहोला भन्न सकिँदैन ।
यद्यपी सरकारले युवा किसानहरुलाई लक्षित गरी ६ प्रतिशत ब्याजदरमा कृषि ऋण प्रवाह गर्नका लागि कार्यविधि ल्याएको त छ तर कार्यान्वयन गर्न भने सक्ला कि नसक्ला ? किसानका लागि भनेर ल्याएको कार्यविधि लागू सर्न सकोस् यही शुभकामना छ किसानहरुको तर्फबाट ।

प्रकाशित मिति: आइतवार, कार्तिक १६, २०७१