इनरुवा, १६ कात्तिक । नेपालको सबैभन्दा ठूलो नदीका रूपमा रहेको सप्तकोसी नदीमा हिउँदका बेलामा पानीको बहावमा कमी भएपछि गहुँखेतीमा असर हुने भएको छ ।
सप्तकोसी नदीमा हिउँदका बेलामा पानीको बहावमा कमी भएपछि जिल्लामै सिँचाइका लागि पानी अभाव हुने भएका कारण गहुँखेतीमा असर पर्ने भएको हो ।
सप्तकोसी नदीमा वर्षात्को समयमा पौने चार लाख क्युसेक प्रतिसेकेन्डसम्म पानीको बहाव बगेको भए पनि हिउँदका बेलामा पानीको सतह घट्ने भएकाले सिँचाइका लागि पानी अभाव हुने भएका कारण गहुँखेतीमा असर पर्ने स्थानीय कृषकले गुनासो गरेका छन् ।
सप्तकोसी नदीमा पानीको बहाव मङ्सिरदेखि वैशाखसम्म कम हुने भएकाले सुनसरी, मोरङ र सप्तरीका नहरमा पानीको अभाव हुने भएको छ । पानी अभावका कारण सबैतिर सिँचाइ पु¥याउन नसकेकाले गुहँखेतीमा असर पर्ने सम्भावना बढेको सिँचाइका सरोकारवालाले बताएका छन् ।
सुनसरीमा मात्रै १९ हजार हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइँदै आएकामा सिँचाइको अभावका कारण खेती कम हुने जिल्ला कृषि विकास कार्यालय सुनसरीको अनुमान रहेको छ । कोसी ब्यारेज भएर अहिले २५ हजार १२४ क्युसेक प्रतिसेकेन्डसम्म पानीको बहाव रहेको कोसी ब्यारेजको नियन्त्रण कक्षले जनाएको छ ।
Add Comment