शुक्रबार, चैत्र १६, २०८०

म्याग्दी कृषि उत्पादनका लागि महत्वपूर्ण

म्याग्दी, १६ कार्तिक । म्याग्दी कृषि उत्पादनका दृष्टिकोणले बहुआयामिक छ । उच्च पहाडदेखि तराईसम्म हुने बालीको उत्पादन यो जिल्लामा गर्न सकिन्छ ।

उत्पादित प्रमुख व्यावसायिक बालीहरूमा सुन्तला जातका फलफूल, बेमौसमी÷मौसमी तरकारी, आलु, तरकारीका बीउ, अन्नबालीका बीउ, स्थानीय सिमी, च्याउ, मह आदि मुख्य रहेका छन् । पछिल्ला वर्षहरूमा जिल्लाबाट सुन्तला, तरकारी बीउ, अन्नबालीका स्रोत बीउ, बर्खे आलु, ताजा तरकारी प्राङ्गारिक, मह आदि निर्यात हुने भए पनि सबैको वास्तविक परिमाण भने कोहीसँग छैन ।
जिल्लाको शिख गाविसको पाउद्वारमा चीज उत्पादन गरिन्छ । यहाँ उत्पादित चीज पर्यटकलाई सेवा दिने होटलहरूमा खपत हुने र केही पोखरामा समेत निकासी हुने गरेको छ । त्यसैगरी जिल्लाका विभिन्न स्थानमा जाम, जुस, सिस्नोको धूलो, अल्लोका कपडा, नेपाली हाते कागजको समेत उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति: आइतवार, कार्तिक १६, २०७१