बिहिबार, बैशाख ६, २०८१

किसानले जैविक तरकारीखेतीसम्बन्धी तालिम पाए

पाल्पा,१६ कात्तिक । पाल्पा जिल्लाको सोमादी र मुझुङ गाविसका ८० जना किसानले जैविक तरकारीखेतीसम्बन्धी पहिलोपटक तालिम पाएका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम(युएनडिपी)को सहयोग र स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्र पाल्पाको आयोजनामा किसानलाई जैविक तरकारीखेतीबाट मानव स्वास्थ्यमा हुने फाइदा र तरकारीखेतीबाट कसरी आत्मनिर्भर बन्न सक्नुपर्ने धारणा स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्रका प्रबन्ध निर्देशक रामबहादुर राउतको थियो । मुझुङ जैविक तरकारीखेती समूहका अध्यक्ष हुमानसिं कार्कीले व्यावसायिक तरकारीखेतीबाट गाउँमा स्वरोजगार बन्नेको सङ्ख्या बढेको भनाइ थियो । तालिममा कृषकलाई स्थानीय स्रोतबाट जैविक मल, जैविक विषादी तयार गर्ने तरिका नर्सरी निर्माण, बिरुवा रोप्ने तरिका तथा व्यवस्थापनका बारेमा कृषि सेवा केन्द्र छहराका प्रमुख रामसुन्दर माली, अमृतनारायण श्रेष्ठ, कृषि स्रोत व्यक्ति दीपक पाण्डेय, नवराज राउतलगायतले सहजीकरण गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, कार्तिक १५, २०७१