आइतवार, मंसिर २४, २०८०

कृषि मन्त्री र नार्कका कार्यकारी निर्देशकको घम्साघम्सी डा. दिलबहादुरले दिए राजीनामा

mantir
काठमाडौं, कार्तिक  । कृषि क्षेत्रको विकासका लागि अनुसन्धान गर्ने संस्थाको खाँचोलाई महशुस गर्दै २०५८ सालमा स्थापना भएको राष्ट्रिय कृषि अनुसन्धान परिषद् अर्थात नार्कमा पाँचौ कार्यकारी निर्देशकका रुपमा विगत सवा तीनबर्षदेखि काम गरिरहेका डा. दिलबहादुर गुरुङ्गले अन्ततः ४ बर्षे कार्यावधि सकिन सात महिना वाँकी छँदै शुक्रबार दिउँसो नार्कका अध्यक्ष समेत रहेका कृषि मन्त्री हरिपराजुली मार्फत मन्त्रीपरिषद् समक्ष राजीनामा दिएको घोषणा गरेका छन् ।
कृषि मन्त्री हरिप्रसाद पराजुलीले आपूmलाई काम गर्ने वातावरण नदिई मन्त्रालयका काजमा बोलाई स्वायत्ता संस्थाका रुपमा रहेको नार्कमाथि राजनीतिक हस्तक्षेप गरेकोले नार्कको साख जोगाउनका लागि आफूले राजीनामा दिएको कार्यकारी निर्देशक गुरुङले कृषि अनलाईनलाई बताएका छन् । चारबर्षका लागि समय तोकेर मन्त्रीपरिषद्बाट नियुक्त भएको कार्यकारी निर्देशकलाई मन्त्रीले नेपाल कृषि अनुसन्धान परिषद्को ऐन विपरित विना कारण मन्त्रालयमा काजमा झिकाएको हुनाले कृषि अनुसन्धान परिषद्को स्वायत्तताको स्वाभिमानमाथि नै प्रहार भएको महशुश गरी परिषद्को स्वायतत्ता रक्षाका लागि र मन्त्रीले कृषि अनुसन्धान परिषद्मा आफूलाई मन लागेको गर्न नपाए काजमा तान्ने परम्परा बसाउन खोजेकाले त्यसको विरुद्ध काजमा मन्त्रालयमा गएर काम गर्नुको सट्टा राजीनामा नै दिनु उपयुक्त देखेर आफूले राजीनामा दिएको समेत गुरुङले बताए ।
तर कृषि मन्त्रीले भने सो कुरा स्वीकार गरेका छैनन् । कृषि विकासका क्षेत्रमा अत्यन्तै महत्वपूर्ण मानिएको एडिएसका लागि सल्लाह लिन आफूले केही समयका लागि काजका लागि बोलाएको बताए । नार्कका कार्यकारी निर्देशकलाई राजनीतिक कारणले सरुवा गर्ने प्रश्नको जवाफ दिंदै मन्त्री पराजुलीले त्यो काजमा बोलाउने कुरालाई रानजीतिकसँग नजोड्न आग्रह गर्दै राजीतिक कारणले आपूmले हटाउन चाहेको भए आफू आए लगनै हटाउन सक्ने समेत बताए ।
कृषि मन्त्रालयमा कार्यकारी निर्देशक डा. गुरुङ्ग लाई काजमा मात्र सरुवा गरेको र जागिरै खाने सोच आफूले नराखेको समेत कृषि मन्त्री पराजुलीले बतए ।

कृषि विकास मन्त्री र नार्कका कार्यकारी निर्देशक दुवैको भनाई यस्तो छ । 

Krishi weekly 12-08

प्रकाशित मिति: शुक्रबार, कार्तिक १४, २०७१