शुक्रबार, चैत्र १६, २०८०

गाईको मलमूत्र सदुपयोग गर्न आग्रह

hari pचितवन, ७ कात्तिक । कृषि मन्त्री हरि पराजुलीले सरकारले स्थानीय जातको गाई संरक्षण गर्ने योजना बनाएको जानकारी दिएका छन् । यमपञ्चकको तेस्रो दिन लक्ष्मी पूजाका अवसरमा चितवनमा आयोजित सामूहिक गौपूजन कार्यक्रममा बोल्दै उनले गाईबस्तुको मलमूत्रको सही सदुपयोग गर्न जोड दिएका थिए ।
चितवनको देवघाट नजिकै गौसंरक्षण केन्द्र रहेको स्थानमा सो कार्र्यक्रम आयोजना भएको थियो । गैसंरक्षण केन्द्रले करिब दुई सय स्थानीय जातका गाई रहेका छन् । आध्यात्मिक क्षेत्र देवघाटको बागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रम र गौ संरक्षण केन्द्रको संयुक्त आयोजनामा सामूहिक गाई पूजा गरिएको हो ।
करिव दुई सय गाई रहेको सो क्षेत्रमा सयौं भक्तजनले गाई पूजा गरेका थिए । दशकौंदेखि लक्ष्मीपूजाका दिन सामूहिक गाई पुजा हुँदैआएको परिषद्का सदस्य तथा केन्द्रका सचिव नवराज ढकालले जानकारी गराएका थिए । हिजो बेलुकासम्म नै भक्तजनहरुलाई गाई पूजाका लागि सो क्षेत्र खुला गरिएको हो । विसं २०४८ मा योगी नरहरि नाथले १० वटा गाई ल्याएर गाईपालन सुरु गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक ७, २०७१