शनिबार, बैशाख ८, २०८१

सयपत्री र मखमलीको हाहाकार

पाँचथर, ६ कात्तिक । पmूलैफूलको तिहारमा यस वर्षसयपत्री र मखमली फूलको हाहाकार मच्चिएको छ । पहिला ढकमक फुल्ने ती फूल अहिले लोप हुने अवस्थामा पुगेको छ । सराङडाँडा–५ की ओममाया पाण्डेले भन्नुभयो, “पहिले आफूलाई प्रयोग गर्न पु¥याएर पनि गाउँका अन्यलाई बाँडिन्थ्यो तर यस पालिको तिहारमा भने सयपत्री र मखमली फूलको अभावमा उल्टै बजारबाट किनेर ल्याउनुप¥यो । फूलको अभाव भएपछि अहिले बजारमा प्लास्टिकको फूल किन्न ग्राहकको भिड लागेको छ । सदरमुकाम फिदिम बजारमा रहेको राज कस्मेटिक पसलबाट मात्रै घर सिँगार्न र भाइटीकाका लागि भनेर दिनमा रु ३० हजारभन्दा बढीको फूल बिक्री हुने गरेको छ । जिल्लामा कमै मात्र फूल आयात भएकाले पनि मखमली र सयपत्री फूलको अभाव भएको व्यवसायीले बताएका छन् ।-कृसा

प्रकाशित मिति: बिहिबार, कार्तिक ६, २०७१