मङ्लबार, बैशाख ४, २०८१

प्रमुख अतिथि बनेका कृषि मन्त्री विरुद्ध आयोजकको अनगिन्ती आरोप तर मन्त्री मुसुक्क

hari p
काठमाडौं  ७, कार्तिक । कुनै बेला प्रधानमन्त्री रहँदा डा. बाबुराम भट्टराईले आफूले काम गर्न नसकेपछि कर्मचारीहरुलाई दोष लगाएर पन्छिने प्रयास गरेका थिए । अहिले त्यही सिको गर्दै कृषिको विकास नहुनुमा कर्मचारीतन्त्रको दोष भएको आरोप कृषि विकास मन्त्री हरिप्रसादपराजुलीले लगाएका छन् ।
नाच्न जान्दैन आँगन ढेडो भने जस्तै मन्त्री पराजुलीले विगतमा योजना बनाउने कर्मचारीहरुले कृषिमा आत्मनिर्भर हुने खालको कृषि योजना नबनाएको कारण नेपालको कृषि अलपत्र परेको समेत आरोप लगाएका छन् ।
मन्त्रालयमा हुन कामकार्वाहीमा राजनीतिकरण गरेको आरोप मन्त्री पराजुलीलाई लागिरहँदा केही दिन अगाडि मात्र नार्कका कार्यकारी निर्देशक डा. दिलबहादुर गुरुङ्गलाई मन्त्रालयमा सरुवाका लागि पत्र थमाएपछि मन्त्री पराजुलीले चर्को आलोचित हुनु परेको छ । मन्त्री पराजुलीले मन्त्रालय सम्हालेदेखि हालसम्म गरेका कामहरु सवै आलोचित बनेका छन् ।
आलोचित मन्त्रीले कर्मचारीहरुले काम नै नगरेका कारण त्यसलाई सुधार्दै नीतिगत समस्या समाधान गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको भन्नु कति सार्थक होला । मन्त्री पराजुलीले कृषि क्षेत्रको विकासका लागि राजनीतिक हस्तक्षेपबाट भने मुक्त हुन सकेको देखिंदैन ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा मन्त्री पराजुलीले व्यवसायिक कृषिका लागि अनुदानदेखि सस्तो व्याजदरमा ऋण उपलब्ध गराउन आफू लागि परेकोले ती कार्यक्रमबाट लाभ लिन किसानलाई आग्रह गरे तर कुन वैकबाट सस्तो व्याजमा ऋण दिन्छ भन्न सकेनन् । सरकारले ६ प्रतिशतमा कृषि ऋण उपलब्ध गराउने घोषणा गरेको भएपनि त्यो कार्यान्वयन हुन सम्भावन देखिएको छैन ।
मन्त्री पराजुलीले कृषि विकासको जति धेरै कुरा गरेको भएपनि आयोजकसंस्थाले नै मन्त्री पराजुलीले दिएको मन्तव्य हावादारी भएको आरोप लगाउँदै व्यवसायिकताका नाममा आफ्ना कार्यकर्ता पोस्ने तर्फ लागेको भन्दै आयोजकहरुले नै उनको विरोध गर्दा मन्त्री पराजुली रुनु न हाँस्नु झै बनेका थिए ।

प्रकाशित मिति: बुधबार, कार्तिक ५, २०७१