शनिबार, बैशाख ८, २०८१

किसानलाई आलुको बीउ वितरण

कैलाली, ५ कात्तिक । एसियाली विकास बैंकको सायोगमा चेतना महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पबेरा–५ का महिला कृषकलाई टिपिएस जातको आलुको बीउ वितरण गरिएको छ ।

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाअन्तर्गत सहकारी संस्थामा आबद्ध १६८ जना महिला कृषकलाई १४२ क्विन्टल आलुको बीउ वितरण गरिएको आयोजनाका कैलाली संयोजक यज्ञराज अवस्थीले जानकारी दिनुभयो ।
जिल्ला कृषि विकास कार्यालय कैलालीका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेले बीउ वितरणले न्यून आय भएका किसानको जीवन उकास्न सहज हुने बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, कार्तिक ५, २०७१