शुक्रबार, चैत्र १६, २०८०

सत्तरी बोरा मल बरामद

भीमदत्तनगर, ३ कात्तिक । प्रहरीको सुदूरपश्मिच क्षेत्रीय अनुसन्धान टोलीले आइतबार मध्यरातमा कञ्चनपुरको दक्षिणी क्षेत्र बुटाबारीबाट ७० बोरा सुपरमलसहित ट्याक्टर ट्रली नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छली अवैध रूपमा ल्याउँदै गरेको ट्याक्टरसहित मल बेलौरी नगरपालिकाको बुटाबारीबाट नियन्त्रणमा लिएको अनुसन्धान टोलीका प्रमुख वीरेन्द्र जोहारीले बताउनुभयो । रु नौ लाख १९ हजार मूल्य बराबरको सो मल बरामद गरी गड्डाचौकी भन्सार कार्यालयलाई बुझाउने उहाँले जानकारी दिनुभयो । –कृसा

प्रकाशित मिति: सोमवार, कार्तिक ३, २०७१