मङ्लबार, बैशाख ११, २०८१

सरकार चलाउनेहरु जनताको स्वास्थ्यप्रति किन मौन छन् ?

काठमाडौं २ कार्तिक । जनताको स्वास्थ्य प्रति सरकारमा बस्नेहरु अनुत्तरदायि भएपछि आम नागरिकले नै चासो लिई अनुगमन गर्नैपर्ने अत्यन्तै संबेदनसील बिषय हो दुषित मासु र जनताको भविष्य । हामी आफु हिंडने बाटोका दायांँ बायां सटरमा, टिनको छाप्रोमा होस् वा राम्रै पसलमा पनि फोहोर र दुर्गन्धीत मासु बेच्न राखेको देख्दा कस्तो घिन लाग्ला ? अनि मन लाग्छ मासु खान ? त्यहिपनि बाध्यता छ हिच्कीचाउंदै किनेर लगेर खान्छौं भने मासु खाएको पूर्ण सन्तुष्टि त पक्कै प्राप्त हुंदैन । सर्बत्र धुलो, हिलो, फोहोर त्यसमाथी हुरी बतास आउंदा उडने धुलो त्यो मासुमा कत्ति पर्ला ? कत्ति झिंङ्गा भन्कीरहेको होला ? कैयौं पसलेहरुकहां त फ्रिज सम्म पनि छैन, भए पनि बासी मासु समेत राखेका होलान्, त्यसरी मासु पसलेहरुले लापरवाहिका साथ निर्धक्कसीत खुलेआम बेचिरहेका छन् उनीहरुलाई कस्को के डर छ र ? सरकार मौन छ, सम्बनधीत निकाय काननमा तेल हालेर मौन छ ? न डर न कर्तव्य र दायित्वको बोध नै छ । फेरी, कुखुरा/खसी/रांगा/बंदेल एउटै पसलमा समेत बेचिएका छन् ति पशुहरु स्वस्थ्य पनि छन् कि छैनन् ? कसरी बध गर्छन ? कस्तो पानीले त्यो मासु सफा गर्दाहोलान् ? यस्ता बिषयमा कसैले चासो लिएको देखिएन । यस्ता दृश्यहरु देख्दा हामी सबैलाई मासु छाडौं जस्तो लाग्दैन ? वास्तबमा त्यस्ता दृश्यहरु साह्रै अपाच्यनै छ, तर के गर्ने राजा नभएको देशमा यस्तै हुन्छ भन्न बाध्य छु । यसरी बेच्न पाइंदैन भनी सरकारी निकायले कुन चाहिं मासु पसलेलाइ कारवाहि गरेको छ र ? गरेको भए पसलेहरुले पक्कैपनि केहि तसुधार गर्थेहोलान् नि ? फेरी एउटा प्राणीलाई बांधेर उस्कै अगाडी अर्कोलाई रेटेको देख्दा अर्को प्राणीको हालत कस्तो होला ? कमसेकम नदेखाइकन मार हानेर एकैपटकमा त बध गर्नु । फेरी, कुखुरा सफा गर्न गाह्रो हुन्छ भनेर आधा मात्र रेटेर फ्यांक्छन पुरै छिनाल्न मिल्दैन ? पशुको अधिकार नै हुंदैन ? जे गरे पनि हुन्छ ? कमसेकम मार्नु नै छ भने त्यत्ति असैह्य तड्पाएर किन मार्नु प्रभु ? यो प्रश्न सबैका लागि हो । मासुका लागि पालिने पशुहरुका लागि पनि नेपाल बाहेक विश्वका सबै राष्ट्रहरुमा ऐन नियम छ तर नेपालमा राज्यले त्यसको व्यवस्था समेत अहिलेसम्म गरेको छैन । यदि पशुवध र मासु बिक्रि वितरणमा राज्यले तत्कालै ठोस नीति नियम ल्याएर लागु नगर्ने हो भने आउने दिनहरुमा मानव जिवनको स्वास्थ्यसँग ठूलो खेलवाड अथवा इबोला जस्तै कुनै महारोगको उतपत्ति नहोला भन्न सकिन्न । त्यसैले देशभरका मासु पसलेहरुलाई तलका नीति नियम अति कडाइकासाथ पालना नगरेमा मासु पसल खोल्नै नदिने व्यबस्था गर्नैपर्दछ । अन्यथा कडा कार्वाहीका साथै जरिवाना गरी मासु पसल खोल्न रोक लगाइनु पर्दछ ।
मासुपसलेले गर्नुपर्ने कामहरु :
0 स्वस्थ पशुहरुलाई मात्रै उचित तरिकाबाट बध गर्ने ।
0 सुद्ध÷सफा र स्वस्थ्य पानीले मासु पखाल्ने ।
0 मासु राम्रो देखाउन दुषित÷हानीकारक रंग नहाल्ने ।
0 एउटा पसलमा एउटा मात्रै जनावरको मासु त्यो पनि उचित मूल्य टाँसेर मात्र बेच्न पाउने ।
0 पशुबध बिभत्स ढंगले रेटेर गरिएको देखियो, फेरी एउटा पसुलाई मार्दा अर्को पशुले बलिन्द्रधारा आंशु बगाई त्यो दृश्य हेरीरहेको हुन्छ, त्यसो नगरी उस्लाई छेकेरे मात्रै एकैपटकमा मारहानी मार्ने, फेरी कुखुराको त टाउको पनि नछुट्याई आदि मात्र रेटेर जिउंदै तातो पानीमा हाल्ने गरेको देखिएकोले त्यसो गर्नेलाई कडा कारवाहि गर्ने ।
0 मानबीय परिधि भित्र रहि पशु अधिकार हनन् हुन नदिने ।
0 राम्रो सर–सफाईको उचित व्यवस्था मिलाएर र सिसाको ढोका भएको पसलेले मात्र मासु पसल खोल्न पाउने व्यवस्था गरिदिने ।
0 यि सुबिधा नभएमा मासु पसल खोल्न नदिने भनी सम्बन्धित वडा कार्यालय, नजिकको प्रहरी चौकी, स्थानिय टोल बासीहरुद्धारा पोष्टर÷पम्पलेट÷रेडियो÷टेलिभिजन आद्धि द्धारा प्रचार प्रसार गरिएमा जनताले शुद्ध मासु खान पाई अनेकौं रोगले थल्लिई बिरामी भई औषधोपचारमा देशको पैसा बिदेसीने थिएन र अकालमा मर्ने समेत थिएनन् । त्यस्ता पसलेहरुलाई नीति नियम भित्र बांधेर मात्र पसल खोल्न दिने र अहिलेसम्म जतिपनि त्यस्ता पसलहरु सञ्चालनमा आएका छन् उनिहरुको अनुगमन गरेर कडाईका साथ नीति नियमको परिधिमा ल्याउन तत्कालै संम्बन्धीत निकायले पहल गर्नु अति आवश्यक छ । फोहोर, जथाभावी र लथालिङ्ग तरिकाले मासुपसलहरुमा मासु राखेर बिक्रि गरेको यस्तो दृश्य देख्दा हामीहरु प्नि हिन्दु धर्माबलम्बी हौं र ? भन्याजस्तो लाग्यो । स्वास्थ्य नै धन हो, स्वास्थ्य नै सम्पत्ति हो, स्वास्थ नै जीन्दगी अनि स्वास्थ्य नै हाम्रो सर्बश्व हो ।– रामहरि सुबेदी,काठमाण्डौं–३५, कोटेश्वर ।

प्रकाशित मिति: आइतवार, कार्तिक २, २०७१