बिहिबार, चैत्र १५, २०८०

विश्व पशुपंक्षी दिवस २०७१ शुरु हुँदै (प्रत्यक्ष हरिहरभवनबाट) फोटो फिचर सहित

1काठमाडौं, ३१ असोज । ‘हाम्रो लागि पशु, पशुका लागि हामी’ भन्ने मूल नाराका साथ मुलुकभर सप्ताहव्यापी रुपमा विश्व पशुपंक्षी दिवस २०७१ मनाईरहेको परिप्रेक्ष्यमा आज अन्तिम दिन पशु उत्पादन निर्देशनालयले प्रभातफेरि सहित कार्यक्रम सम्पन्न गर्न गईरहेको छ । त्रिपुरेश्वरबाट शुरु भएको प्रभातफेरि थापाथली, कोपुण्डोल, पुल्चोक हरिहरभवन हुँदै पशु सेवा विभागको प्राङ्गणमा कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा एवं कृषि सचिव जयमुकुन्द खनालको विशेष आतिथ्यतामा शुरु भईरहेको छ ।

3

 

4

अपडेट

कार्यक्रमलाई सम्वोधन गर्दै कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले विश्वभरका बैज्ञानिकहरु आम व्यक्तिहरुलाई पोषण तत्व ख्याउने प्रयासमा लािगरहेको भन्दै त्यसका लागि नेपाल पनि तयार रहनुपर्ने बताउँनु भयो । बिषादीका कारण भयावह रोगहरु निम्तिरहेका कारण रसायनिक बिषादी मुक्त गर्नु पर्ने जिम्मेवारी हरेक नागरिकको काँधमा आएको भन्दै त्यसलाई न्यूनिरकण गर्न समेत आग्रह गरेका छन् ।
पशुपंक्षी दिवस अन्त्यन्तै महत्वपूर्ण भएको भन्दै मन्त्री पराजुलीले पशुहरुको सम्वेदना बुझिदिने हो भने रोगबाट पशुहरु मुक्त हुने समेत बताउनुभ भयो । त्यसका लागि , सिर्जनशील क्षमता पशु स्वास्थ्यका लागि खर्चिन पशु क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई आग्रह समेत गर्नु भयो ।
मन्त्री पराजुलीले सप्ताहव्यापी सो दिवसमा गरिएका विभिन्न कार्यक्रममा पुरस्कृत भएका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेका थिए भने । कृषि सचिव जयमुकुन्द खनालले नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।

10

8

12

अपडेट

कार्यक्रममा बोल्दै सचिव जयमुकुन्द खनालले गढीमाई मन्दिरमा दिईने पशुबाली धार्मिक भएकाले त्यसलाई एकै चोटी परिवर्तन गर्न नसकिने भन्दै त्यसलाई विस्तारै विस्तारै परिवर्तन गर्दै लैजानु पर्ने धारणा राख्नु भयो । पशु कल्याणका लागि आफू अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै सचिव जयमुकुन्द खनालले मासुका लागि होस् वा मनोरञ्जनका लागि पालिका पशुमाथि अमानवीय कार्य भईरहेकाले त्यसलाई न्यूनिकरण गर्न जनचेतना अभिबृद्धि गर्नु पर्नेमा समेत जोड दिनु भयो । जनचेतना अभिबृद्धिका लागि कर्मचारीहरु प्रतिवद्ध भईरहेको भएपनि पेशागत संघसंगठनले त्यसका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने समेत बताउनु भयो ।
कार्यक्रम पशु सेवा विभागका महानिर्देशक डा. केशवप्रसाद प्रेमीको अध्यक्षतमामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, अशोज ३१, २०७१