बिहिबार, बैशाख १३, २०८१

कविता : हुँदैन भावना मानिसहरुको

विश्व पशुपंक्षी दिवस २०७१ को सन्दर्भमा पशु उत्पादन निर्देशनालयद्धारा आयोजित समापन कार्यक्रममा वरिष्ठ पशु अधिकृत डा. प्रदीपचन्द्र भट्टराईले वाचन गर्नु भएको कविता

           हुँदैन भावना मानिसहरुको

dr
तिम्रो लागि म छु, मेरा लागि तिमी
म त पशु हुँ, मानिस तिमी
तिम्रो लागि म छु, मेरा लागि तिमी

लालाबाला सवका, प्रिय हुन्छ भन्थे
भोकै राखी तिनलाई, दुध दुहुने तिमी
वदलामा सानो, गोठ भित्र राख्छौं
भोक लाग्दा रुने, साथी हुन्नौ तिमी
तर पनि भन्छु, तिम्रो लागि म छु, मेरा लागि तिमी
म त पशु हुँ, मानिस तिमी

भगबान सवको, प्रकृति यो सवको
ज्यूने रहर उस्तै, यो संसार सवको
नवोली नवोली, भगबानले मागे
भन्दै हामी सवको, गला रेट्छौं तिमी
तर पनि भन्छु, तिम्रो लागि म छु, मेरा लागि तिमी

तिम्रो कुरै अर्को, आकाशमा उड्छौं
सररर गाडी, सँधै थोक भन्छौं
नाकमा छ डोरी हाम्रो , वाँधिएको पुच्छर
मानवीयताको नारा घोक्छौं तिमी
तर पनि
तिम्रो लागि म छु, मेरो लागि तिमी

तिमीलाई सव्चिज, भगवान्ले दियो
बोट विरुवा पानी, पशुपंक्षी दियो
हामलाई स्वस्थ राख, स्वस्थ हुन्छौ तिमी
यति नबुझे त, मानिस हौ र तिमी ?
त्यसैले त म भन्छु, दोहो¥याउनु तिमी
तिम्रो लागि म छु, मेरा लागि तिमी
तिम्रो लागि म छु, मेरो लागि तिमी

डा. प्रदीपचन्द्र भट्टराई
वरिष्ठ पशु अधिकृत

प्रकाशित मिति: शुक्रबार, अशोज ३१, २०७१