शुक्रबार, चैत्र १६, २०८०

कविता : पशुपंक्षीहरुको मानव जातीसँग अपिल

loknath Paudel-3

आत्मा अनि तिम्रोजस्तै हाम्रो पनि मन,
प्रकृतिका सृष्टि हामी एउटै छ नि तन ।
काटे रगत हाम्रो पनि तिम्रो जस्तै आउँछ,
पिडा, त्रास, दुःख दिदा आसु हाम्रो छाउँछ ।
झुण्डाउँदै साइकलमा ट्रक्मा कोचीकोची,
पुच्छर बाध्छौ चल्लान् भनी पिट्छौ घोचीघोची ।
दुःख पिडा दिन्छौ हाम्लाई दानव जस्तो बनी,
तर पनि ठान्छौ आफू विवेकशील प्राणी ।२
सोँच मानव एकपटक हाम्रो कष्ट मर्म,
छाती माथि हात राखी सम्झ तिम्रो धर्म ।
आत्मा अनि परआत्मा एउटै भनी जान,
अनिमात्र आफू उच्च विवेकशिल ठान ।

परोपकार जय पशुधन् नारा तिम्रो सुन्छौ२
अब होला हाम्रो कल्याण मनमनै गुन्छौ ।।२
 डा. लोक नाथ पौडेल
वरिष्ठ पशु विकास अधिकृत एवँ
संयोजक, विश्व पशुपंक्षी दिवस, नेपाल, २०७१ कार्यान्वयन समिति

प्रकाशित मिति: शुक्रबार, अशोज ३१, २०७१