शुक्रबार, बैशाख ७, २०८१

अविरल वर्षाका कारण रु पाँच लाख बराबरको धानबाली नष्ट

फलेवास (पर्वत), २८ असोज । सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण पर्वतका विभिन्न स्थानमा लाखौँ मूल्यबराबरको धानबाली नष्ट भएको छ । पर्वत जिल्लाको ठूलीपोखरी गाविसस्थित वडा नं ८ मा स्थानीवासीको रु पाँच लाखबराबरको धानबाली नष्ट भएको छ । स्थानीय राजेन्द्र पौडेल, गोपाल पौडेल, मणिकण्ठ पौडेल, बाबुराम पौडेल, जीवनाथ पौडेललगायतकाको धान बाली वर्षाले नष्ट भएको हो । पाकेको धान थन्क्याउनका लागि आइतबार र सोमबार दिनभर काटेर सुकाएको धान सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण नष्ट भएको हो ।
गाउँलेले काटेर सुकाएको १५० मुरीबराबरको धान र पराल नष्ट भएको उहाँले बताउनुभयो । धान थन्क्याउने बेलामा पानी पर्दा जिल्लाका अधिकांश कृषक प्रभावित बनेका छन् । जिल्लाका उच्च पहाडी क्षेत्रमा यतिबेला धान थन्क्याउने बेला भएको छ । यता जिल्ला कृषि विकास कार्यालय पर्वतले धानबालीमा भएको क्षतिको यकिन विवरण आइनसकेको बताएको छ ।

प्रकाशित मिति: मङ्लबार, अशोज २८, २०७१