शनिबार, बैशाख ८, २०८१

आकस्मिक रुपमा उपआयोजना निरिक्षण

news photoकाठमाडौं, २७ असोज । कृषिलाई व्यवसायिकरण गर्नका लागि कृषि विकास मन्त्रालय मातहत सञ्चालनमा रहेको व्यवसायिक कृषि तथा व्यापार आयोजनाले तेस्रो चरणप्राप्त अनुदान प्रस्तावहरुको स्वीकृत गर्दै सम्झौता गर्दै कार्यलाई निरन्तरता दिँदै आईरहेको छ । पहिलो चरण र दोस्रो चरणमा अनुदान प्राप्त गरेको अनुदाग्राहीहरुले अनुदान प्राप्त गरिसकेपछि कृषि व्यवसायलाई दिगो बनाउने कार्यका लागि के गरिरहेका छन् भन्ने अनुगमन समेत गर्दै आईरहेको छ । भने तेस्रो चरणका लागि सम्झौता भएका र हुन वाँकी रहेका अनुदानग्राहीहरुको कृषि फार्महरुको समेत आयोजनाले अनुगमन तथा निरिक्षण गर्ने कार्यलाई तीव्रता दिईरहेको छ ।
आज पनि प्याक्टका आयोजना निर्देशक योगेन्द्र कार्की सहितको टोलीले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका उपआयोजना निरिक्षण गरेको छ । काठमाडौं जिल्लाको पूर्वी क्षेत्रमा प्याक्टको अनुदान प्राप्त गरेका कृषक समूहहरुको फार्म आज निरिक्षण गरिएको हो । निरिक्षण गर्ने क्रममा आयोजना निर्देशक कार्कीले कृषिलाई व्यवसायिकरण गर्नका लागि सरकारले आयोजना मार्फत उपलब्ध गराएको अनुदान सही सदुपयोग भए नभएको आकस्मिक रुपमा स्थलगत निरिक्षण गर्ने क्रममा आज पूर्वी क्षेत्रको निरिक्षण गरेको बताउनु भयो । निरिक्षण गर्ने क्रममा सम्झौता अनुरुप काम गरेको नपाईएमा तत्काल कार्वाही गरिने समेत कार्कीले कृषिअनलाइनलाई बताउनु भयो ।
निरिक्षणमा क्षेत्रीय आयोजना सहयोग कार्यालय (प्रिष्ट)का प्रमुख बासुदेव शर्मा, आयोजनका आर्थिक सल्लाहकार भरत बहादुर कार्की प्याक्टका आर्थिक, वरिष्ट अनुगमन तथा मूल्यांकन अधिकृत बद्री दाहाल समेतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमवार, अशोज २७, २०७१