शनिबार, बैशाख ८, २०८१

ओखलढुङ्गामा अण्डा नष्ट

ओखलढुङ्गा, २६ असोज । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले ६४ कार्टुन लेयर्स कुखुराको अण्डा बरामद गरी नष्ट गरेको छ ।

अस्थायी प्रहरी बिट गोरुमारेभञ्ज्याङमा नियमित सवारी साधन जाँचका क्रममा अण्डा बरामद गरिएको थियोे ।
शङ्कास्पद भएर जाँच गर्दा बसको हुटमा राखेर ल्याइँदै गरेको अण्डाको भेटेनरी प्रमाणपत्रमा मिति सच्याइएको भेटिएपछि बरामद गरिएको हो । थप अनुसन्धान गर्दा सबै अण्डा खान अयोग्य भएको जिल्ला पशु सेवा कार्यालय ओखलढुङ्गाले प्रमाणित गरेकाले नष्ट गरिएकोे जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक डम्बर विकले बताउनुभयो ।
उदयपुरको घुर्मीस्थित अशोक जनरल स्टोर्सले प्रमाणपत्रमा मिति सच्याएर पठाएको पाइएपछि बरामद गरिएको प्रहरीको भनाइ छ । बरामद गरिएको अण्डाको भेटेनरी प्रमाणपत्रमा मिति २०७१ साउन २० गतेलाई २०७१ असोज २० बनाएर आयात गरिएको पाइएको छ ।
अण्डा दाउन्ने ट्रेडर्स प्रालि चितवनले उत्पादन गरेको हो ।

प्रकाशित मिति: आइतवार, अशोज २६, २०७१