काठमाडौं२६ असोज । यतिखेर नेपाली युवाहरु व्यवसायिक पशुपालनतिर आकर्षित भईरहेका देखिन्छन् । सरकारले पनि युवालाई पशुपालनतर्फ आकर्षण गर्न विभिन्न योजनाहरु ल्याईरहेको छ । व्यवसायिक रुपमा पशुपालन गर्नेहरुको संख्या बढ्न थालेपछि मुलुकभर पशुका लागि आवश्यक दाना उत्पादकहरु पनि दिनप्रतिदिन बढ्दै गईरहेका छन् । गुणस्तरहीन दानाका कारण पशुहरुमा विभिन्न रोगहरु लाग्ने मात्र होइन पशुहरु मर्ने गरेका घटनाहरु पनि सार्वजनिक हुन थालेको छ ।
अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय दाना नारा दि“दै गुणस्तरहिन दाना किसानसम्म विक्री गरेर आमकिसानहरुलाई शोषण गरिरह“दा पनि सम्वन्धित निकाय मौन रहेको छ । ऊ“ चावो बिरो फिड इण्डष्ट्रिजको उत्पादन पोषण दानाका कारण किसानहरु मारमा परेका छन् । सो दानाका कारण कुखुराहरुमा विभिन्न रोगहरु लागेको समेत किसानहरुको भनाई छ । काठमाडौंको सुन्दरीजलका प्रकाश पण्डितले पनि सो दानाका कारण आफू पीडित भएको बताएका छन् । उनी भन्छन् नाम पोषक तर यसले किसानको गरिरहेको छ शोषण । प्रकाश जस्तै धेरै किसानहरुले पोषक दाना प्रयोग गर्दै आएको र आफूले ल्याएको गुणस्तरहिन दानाका कारण आफू ठगिएको समेत बताएका छन् । –शिव पाण्डे
पोषकका नाममा किसानलाई शोषण

Add Comment