बिहिबार, चैत्र १५, २०८०

पत्रकार पनि तरकारी व्यापारतर्फ

जनकपुरधाम, २५ असोज । पत्रकारिता पेसाले घरपरिवार चलाउन धौधौ परेपछि यहाँका एक पत्रकार थप आम्दानी गर्न तरकारी व्यापारतर्फ आकर्षित भएका छन् ।
यहाँबाट प्रकाशित हुने ‘जनकपुर खबर डटकम’ दैनिक पत्रिकाका प्रकाशक धर्मा मण्डलले हरियो तरकारीको थोक तथा खुद्रा व्यापार गरी थप आर्थिक लाभ लिन थाल्नुभएको छ ।
उपभोक्तासमक्ष स्वच्छ तथा ताजा तरकारी पु¥याउने उद्देश्यले खोलिएको ताजा हरियो तरकारी बिक्री केन्द्रमा बजारमा भन्दा २० देखि २५ प्रतिशत कम मूल्यमा तरकारी बिक्री हुने गरेको प्रकाशक मण्डलको भनाइ छ ।
जनकपुर बजारसँगै पश्चिमपट्टि रहेको कुर्था गाउँ विकास समितिमा वार्षिक रु ४० हजारमा दुई बिघा जग्गा भाडामा लिएर तरकारीखेती सुरु गर्नुभएका मण्डलले जनकपुर नगरपालिका वडा नं २ स्थित गङ्गासागरको उत्तरी डिलमा रहेको बिक्री केन्द्रमार्फत तरकारी बिक्री गर्दै आइरहनुभएको छ ।
सबै खर्च कटाएर वार्षिक रु चार लाख आम्दानी गर्ने लक्ष्य राखेका मण्डलले निकट भविष्यमै आठ कट्ठा जग्गामा जैविक खेती गर्ने लक्ष्य रहेको बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, अशोज २५, २०७१