शनिबार, बैशाख १, २०८१

डा. अमरको कुरुक्षेत्र आयो

kuru chetra
काठमाडौं, २२ असोज । कृषि विज्ञहरु कृषि क्षेत्रमा मात्र होइन साहित्य क्षेत्रमा पनि उत्तिकै विज्ञता हासिल गर्दछन् भन्ने कुराको पुष्टि डा. अमर शाहले गरिदिनु भएको छ । पशु चिकित्सा क्षेत्रमा बेग्लै पहिचान बनाउनु भएका डा. अमर शाह तीसको दशकदेखि नै कथाकारका रुपमा आफूलाई स्थापित गराउँदै आउनु भएको थियो ।
पशु चिकित्सा क्षेत्रमा जस्तै साहित्यिक क्षेत्रमा पनि अमर शाहले कुरुक्षेत्र पुस्तक आम पाठकमाझ ल्याएर आफ्नो अर्को साहित्यिक पहिचानलाई पनि अग्रता राख्नु भएको छ । कुरुक्षेत्र कथाहरुको संग्रह हो जसले नेपाली समाजको यथार्थ झल्काउने प्रयास गरेको छ । कुरुक्षेत्रले नेपाली समाज मात्र होइन, राजनीतिक अवस्थाका बारेमा पनि मर्मस्पर्षी ढंगले उठान गरेको छ । साहित्यिक पाठक मात्र होइन राजनीतिज्ञहरुले समेत अध्ययन गर्नै पर्ने खालको साहित्यक कृति कुरुक्षेत्र बजारमा आएको छ । पशु सेवामा डा अमरले जसरी निरन्तर सेवा गरिरहनु भएको छ त्यो सँगै साहित्यिक क्षेत्रलाई पनि उत्तिकै संहालिरहनु भएको प्रमाण कुरुक्षेत्र हो ।
कुरुक्षेत्र त्यस्तो कृति बनेको छ जुन कृषि आख्यानकारको नाम जस्तै अमर रहने देखिन्छ ।

प्रकाशित मिति: बुधबार, अशोज २२, २०७१