आइतवार, मंसिर २४, २०८०

असिनाले धानबाली नष्ट गरेपछि किसान निराश

बाबियाचौर (म्याग्दी), २२ असोज । म्याग्दीको ताकममा मङ्गलबार साँझ परेको असिनाले धानबाली नष्ट गरेपछि कृषक निराश भएका छन् । ताकम गाविसका विभिन्न ठाउँमा सयाँै हेक्टर जमिनमा लगाइएको पाक्ने बेला भएको धान असिनाले चुटेर झारेपछि कृषक मर्कामा परेका हुन् । ताकम, हिलापोखरी, शिवाङ क्षेत्रमा वर्षा र असिनाले पाकेर भित्र्याउने बेला भएको धान भुइँमा झारिदिएपछि कृषक निराश बनेका हिलापोखरीका समबहादुर थापाले बताउनुभयो । सो क्षेत्रमा दसैँअघि पनि असिनाले धानबालीमा क्षति गरेको थियो । बोटमा बचेका केहीमात्राको फलसमेत मङ्गलबारको असिनाले झारेर बोट नै रित्तो बनाएको थापाले दुखेसो पोख्नुभयो । असिनाले मुख्य कृषि उत्पादन धानबाली नष्ट गरेपछि ताकमका सयाँै कृषक चिन्तित बनेका छन् । -कृ.सा.

प्रकाशित मिति: बुधबार, अशोज २२, २०७१