बिहिबार, फाल्गुन १७, २०८०

कृषिकै धानको बीउले दिएन उत्पादन

kisan
काभ्रे २१ । जिल्ला कृषि कार्यालय काभ्रेको सल्लाह अनुसार लगाइएको खुमलटार ४ मन्सुली धानमा फोगटा बढी लागेकाले धान उत्पादनमा कमी आएको काभ्रे जिल्ला रयाले गाविसका किसान अर्जन सापकोटाले कृषि अनलाईनलाई बताएका छन् । कृषि विकास कार्यालयले उपलब्ध गराएको धानबाट धेरै उत्पादन हुने आशा लिएको भएपनि आज धान काट्ने बेलामा धानको बालामा धान नदेखेपछि न्यास्रिंदै उनले भने कसको विश्वास गर्नु ? मुखले एउटा र व्यवहारले अर्को हुन्छ । जसरी पनि किसानहरु नै मारमा परेका छन् ।
धानका बाला देखाउँदै उनले भने सवै ठिमाहा भएर आए । धानका बालामा कालो कोलो देखिएका धान देखाउँदै यी सवै ठिमाहा हुन् हेर्नुस् त धान नै छैन । गुणस्तरीय धान हो धेरै फल्छ भनेर लगाइएको यो पटक दशपाथी मा एकमाथि धान घट्ने भो सापकोटाले बताए । उनले पारी पट्टी
टिकाको साईत १०ः१५ मा, दशैंको सवैमा शुभकामना लगाएको बन्दाकोभी देखाउँदै भने । धानबालीबाट उत्पादन लागत नउठेपछि तरकारी खेती गरेको त्यो पनि विचौलियाका कारण राम्रो पैसा आएर बेच्नु भन्दा गाईबस्तुलाई नै ख्वाउनु बेश भन्दै उनले खेतभरी त्यत्तिकै रहेको बन्दा देखाए । बजारमा आफूले किन्न गए ३० रुपैयाँ केजी भन्छन् आफ्नो बारीको बेच्दा ५ रुपैयाँ भन्छन् किन बेच्नु उनले भने ।

प्रकाशित मिति: मङ्लबार, अशोज २१, २०७१