बिहिबार, फाल्गुन १७, २०८०

धान काट्न र भित्र्याउन उत्साहित किसानको एकैछिनमा तुहियोे सपना

 101

(फोटो फिचर )

काभ्रे २१, असोज । खेतका डिलै डिलको बाटो हुँदै निधारभरी रातो टिका र शिरमा जमरा लगाएर हिड्नेहरु पनि प्रशस्तै थिए । खेतको छेवैबाट गुडिरहेको लामा लामा बसभरी राताम्मै भएर हिड्ने पनि धेरै देखिएका थिए सोमबार दिउँसो ठ्याक्कै साँढे दुई बजेतिर । काभ्रेको कुशादेवी, र्याले हुँदै आआफ्नो गन्तव्यमा जानेहरु पनि प्रशस्तै देखिएका थिए । सडक कै छेउका गराहरुमा धानका बाला लहलह झुलिरहेको पनि छन् ।

102

कतै सुनका बाला जस्तै लहलह झुमिरहेका खेत मनमोहक देखिन्थे । कतै खेतभरी धान काट्ने महिलाहरु, काटेका धानका भारी उठाएर मेसिनतिर दौडिँदै गरेका महिला पुरुषहरु अनि मेशिनमा धान चुट्दै गरेका किसानहरु उत्साहित हुँदै धान भित्र्याउने तरखर गरिरहेका देखिन्थे । बेला बेलामा उनीहरुको आँखा आकाशतिर फर्कन्थ्यो । कारण धाम र वादलको ठेगान नै थिएन ।

103
धान चुट्नका लागि मेसिनले गर्दा धेरै नै सजिलो भएको छ मेशिनमा धानका बाला मिलाउँदै कृषि अनलाईनको टोलीलाई बताउँदै थिए रयालेका दिपक सापकोटा । खुट्टाले मेसिनको पाउ दवाउँदै भन्दै थिए पहिले जस्तो पर्म हराउन थाल्यो खेतमा काम गर्ने जनशक्ति नै पाउन छाँडे । खेती किसान गर्ने गाउँका युवाहरु सवै शहर हानिएका छन् उनी थप्दै थिए ।

104
निधार रित्त देखिएकी महिला पार्वती सापकोटालाई सोध्यौ दशैंमा पनि रित्तो निधार छ माईती जानु भएन ? उनले भनिने माईत त गईयो उतै दुईचार दिन वस्न पनि मन थियो तर टिकाकै दिन धान काट्नका लागि फर्किहाले । आकाशतिर फर्कदै उनले भनिन् हेर्नुस् आकाशमा वादलले ढाकिसक्यो अहिले पानी पर्यो छ महिनाको मेहनत खेर जान्छ । एक दिन रमाईलो गरेर के गर्नु बर्षभरी खान पर्ने धानको पीर पो छ त ? उनले बताईन् । सो क्षेत्रमा धान भित्र्याउने तरखरमा खेत गरामा धान काट्दै, चुट्दै गरेको सवै किसानहरुको करीव एउटै कुरा थियो ।

108 धानखेती गरेर फाइदा भएन, तरकारी खेती गर्दा पनि विचौलियामात्र मोटाउने भए जसो गरे पनि सुख छैन । धानको आलीमा काम अ¥ह्राउँदै गरेका एक बृद्ध भन्दै थिए फाइदा नाफा भन्दा पनि आफ्नो परम्परागत रुपमा गर्दै आएको कर्म हातमुख जोर्ने मेलो त गर्ने प¥यो बाबु तर यसपटक धान सखापै भयो । कृषिले दिएको धान नै फल लागेन कसले सुन्दिन्छ र हाम्रो कुरा । हुन पनि किसानका कुरा सुनिदिने कोही देखिएन । एक दर्जन भन्दा बढी धान भित्र्याउँदै गरेका खेतका गराहरुमा पुग्दा किसानहरु उत्साहित त थिएनै तर पनि पानी पर्ला कि भन्ने त्रासले हतार हतार गरिरहेका थिए ।

105

Asina

हामी केही अगाडि बढ्दै थियौ अकस्मात आकाशमा बादल मडारियो, उज्यालो आकाश एकैछिन्मा अध्यारो हुन थाल्यो किसानहरु अत्तालिंदै चुटिसकेको धान बोरामा हाल्दै थिए । अकस्मात असिना पानी बर्षियो करिव करिव सवैको गराको खलामा भएको धान पानीले भिजायो । केही समय अगाडिसम्म उत्साहित र प्रभुल्लित किसानका मुहार एकैछिन्मा परिवर्तन भयो हँसिले अनुहार नियाउँरो र दुखित बनायो छ महिनादेखिको माना रोपेर मुरी भित्र्याउने सपना तुहाईदियो एकैछिन्को असिना पानीले । -वैकुण्ठ भण्डारी, काभ्रेबाट स्थलगत

प्रकाशित मिति: मङ्लबार, अशोज २१, २०७१