शनिबार, बैशाख ८, २०८१

असिना पानीले काभ्रेमा धानबाली नष्ट

Asina
काभ्रे, २१, असोज । हिजो दिउँसो परेको असिना पानीका कारण काभ्रेका जनागाल, साँगा, ¥याले,पनौती क्षेत्रका भित्र्याउने बेला भएको धानबाली नष्ट भएको छ । करीव ४ बजेतिर आएको हावा हुरी एवं असिना पानीका कारण बोटमा रहेको धान झरेको किसानहरुले बताएका छन् । त्यसैगरी दशैं नमानेर भएपनि पाकेको धान भित्र्याउने खेतमा पुगेका किसानहरुको धान पानीले भिजाएको छ । पानीले भिजेको धान उम्रने सक्ने भएकाले आफूहरु मारमा परेको समेत किसानहरुले बताएका छन् ।
हिजोको असिना पानीले भित्र्याउने बेला भएको धान झर्नुका साथै पुरै ढलेर सखाप भएको समेत किसानहरुले दुखेको गरेका छन् ।

प्रकाशित मिति: मङ्लबार, अशोज २१, २०७१