बिहिबार, बैशाख १३, २०८१

धनुषामा १२ लाख लिटर दूध बिक्री

जनकपुर,१८ असोज । दूध व्यवसायीले राम्रो आम्दानी दिन थालेपछि धनुषाका कृषकले वार्षिक ५ करोड १४ लाख मूल्यबराबरको कारोबार गर्ने गरेका छन्।  किसानद्वारा उत्पादित दूध यहाँका करिब १२ वटा डेरी उद्योगले खरिद गरी सो मूल्यबराबरको कारोबार गर्ने गरेको जिल्ला पशु कार्यालय धनुषाले जनाएको छ।
 अधिकांश डेरी उद्योगमा विवाहको लगन, व्रतबन्ध, पूजापाठ र चाडपर्वमा अत्यधिक रुपमा दूधको बिक्री हुने गरेको छ।  दूध व्यापारीहरुका अनुसार यसलाई पिक सिजन भनिएको र यस समयमा दूधको बिक्री अत्यधिक हुने गरेको छ। पशु विकास कार्यालयका अनुसार धनुषामा वार्षिक करिब १२ लाख ८५ हजार लिटर वार्षिक दूध बिक्री हुने गरेको छ। जसले धनुषाभरि दूध आपूर्ति गर्दै आएको छ।
 पशु कार्यालयका अनुसार जानकारी डेरी उद्योगले वार्षिक ९९ लाख, गणेश महावीर डेरी उद्योगले  ७२ लाख, आकाश दूध डेरी महेन्द्र नगरले  १८ लाख, हंसराज डेरी उद्योगले ७२ लाख, आनन्द डेरी उद्योगले ९६ लाख, दीपक डेरी उद्योगले ४२ लाख, कृष्ण डेरी उद्योगले ३४ लाख, धनुषाधाम दूध डेरीले १८ लाख, मां दुर्गा डेरी उद्योग मडानले १८ लाख, शाह डेरी उद्योगले ४८ लाखको वार्षिक कारोबार गर्ने गरेका छन् ।
प्रकाशित मिति: शनिबार, अशोज १८, २०७१