शुक्रबार, बैशाख ७, २०८१

जङ्गली हात्तीका कारण कृषक समस्यामा

रौतहट, १५ असोज । रौतहटको जङ्गल आसपासका क्षेत्रमा विगत दुई सातादेखि जङ्गली हात्तीले धानबाली खान थालेपछि कृषक समस्यामा परेका छन् ।

पछिल्लो पटक कनकपुर गाविस– ५ र ६ मा जङ्गली हात्तीले १५ बिघामा लगाइएको धानबाली खाएर नष्ट गरेको स्थानीय कृषकले गुनासो गरेका छन् ।
सो गाविसअन्तर्गत जङ्गलसहिया, कनकपुर, बलुवा तथा सिम्री गाउँमा साँझ पर्ने बित्तिकै निस्कने हात्तीको बथानले लामो समयदेखि धानबाली नष्ट गर्दै आएको कनकपुर गाविस–६ का युवराज ज्ञवालीले बताए ।
उनका अनुसार कनकपुर गाविसका रामेश्वर साह, सीतादेवी साह, सगुनी राम, फेकु साहलगायत २० भन्दा बढी कृषकको धानखेती हात्तीले नष्ट गरेको छ ।

प्रकाशित मिति: बुधबार, अशोज १५, २०७१