शनिबार, बैशाख ८, २०८१

महेन्द्रनगरमा एक हजार चल्ला बरामद

महेन्द्रनगर, १३ असोज । नेपालका कुखुराको मूल्य घटेको भनिरहेका बेला भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको एक हजार कुखुराका चल्ला प्रहरीले कञ्चनपुरको बेलौरी नाकाबाट बरामद गरेको छ । आइतबार मध्यरात अवैधरुपमा भित्र्याइँदै गरेको एक हजार चल्लालाई सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको क्षेत्रीय टोलीले बरामद गरेको हो । टोलीका संयोजक प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले सुराकीका आधारमा चल्ला बरामद गरिएको जानकारी दिनुभयो ।

रातको समयमा भन्सार कर्मचारी नाकामा तैनाथ नभएको मौका छोपी चल्ला भारतबाट ल्याइँदै गरेका बेला बरामद गरिएको हो र ती चल्लालाई इलाका प्रहरी कार्यालय बेलौरीको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति: सोमवार, अशोज १३, २०७१