शुक्रबार, चैत्र १६, २०८०

बीरगञ्ज चिनी कारखाना खुलाउँछु– मन्त्री बस्नेत

भक्तपुर, १३ असोज । उद्योगमन्त्री महेश बस्नेतले बन्द भएका वीरगन्ज चिनी कारखाना, नेपाल औषधि लिमिटेड र गोरखकाली रबर उद्योग केही महिनाभित्रै सञ्चालनमा ल्याउने बताउनुभएको छ ।

कैलाशमार्ग टोल सुधार समिति थिमिले सिद्धार्थ विद्यापीठ गठ्ठाघरमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले बन्द उद्योग सञ्चालन गर्न अर्थ मन्त्रालयले बजेट नदिए पनि सञ्चालनमा ल्याउने दृढता प्रकट गर्नुभयो ।

प्रकाशित मिति: सोमवार, अशोज १३, २०७१