आइतवार, फाल्गुन २०, २०८०

मासुजन्य वस्तुको आयात न्यूनिकरण हु“दैछ

Dr= Premi
डा.केशवप्रसाद प्रेमी
महानिर्देशक, पशु सेवा विभाग

भर्खरै पशु सेवा विभागको महानिर्देशक भएर आउनु भएको छ विभागमा समस्या धेरै छन् भन्छन् नि ?
सर्व प्रथमत पशु सेवा बिभाग जसले समग्र रुपमा पशुपालनको माध्यमद्धारा देश बिकास गर्ने जिम्मेवारी बोकेको छ र हरेक बर्गका कृषकहरुको पशुपालन ब्यवसायमा परेको समस्या सुल्झाउने अभिभारा पाएको छ । यस्तो महत्वपूर्ण बिभाग हा“क्ने जिम्मेवारी प्राप्त हुनु नै ज्यादै महत्वपूर्ण कुरा हो । अव रह्यो चुनौती र समस्याको कुरा समस्या र चुनौती नभएका कुनै पनि संस्थाहरु छैनन् । अर्को कुरा समस्या र चुनौतीलाई चिर्दै हरेक तप्काका कृषकहरुको चाहना परिपुर्ति गर्दै राज्यको सेवा गर्न पाउनु नै सवै भन्दा ठूलो अवसर हो र मलाई बिश्वास छ यि कुराहरुमा म सफल हुन्छु ।
राजनीतिक कारणले गर्दा नै विभाग सुस्ताएको छ भन्ने आरोप लागेको छ कसरी समस्या समाधान गर्नु हुन्छ ?
राजनैतिक तरलता धेरै समस्याहरु मध्येको एक कारण हुन सक्तछ तर राजनैतिक कारणलाई मात्र दोष दिएर हामी उम्कन सक्तैनौ । बिभागमा एउटा निश्चित अवधिसम्म बसेर काम गर्ने अवशर प्राप्त नहुने नेतृत्व आएको भए बेग्लै कुरा हो तर अहिले मलाई मेरो उमेरको कारणले पूर्ण अवधि काम गर्न सक्ने अवशर प्राप्त भएको छ । बिभागका बिभिन्न निर्देशनालयहरुमा सक्षम, कृयाशिल, अनुभवी र जानकार साथीहरुले नेतृत्व गर्ने अवशर प्राप्त गर्नु भएको छ । मलाई सवैको सहयोग प्राप्त छ जसको सकारात्मक संदेश जिल्लाहरुमा पनि गएको छ । मैले मेरो कार्यकालमा पशु सेवा बिभागको कार्यक्रमहरुलाई कृषकको चाहना र माग अनुसार तर्जुमा गर्ने, कार्यन्वयन प्रकृयालाई पारदर्शी बनाउने, अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउने, पशुजन्य उत्पादन र उत्पादकत्व अभिबृद्धीको लागि गुणस्तरिय सामाग्रिहरु (उन्नत नश्लका पशुपंक्षीहरु, पशु स्वास्थ सेवा, उन्नत घा“सका बीउ बिजनहरु ) आपुर्तिमा कृषक समुदायलाई थप जिम्मेवार र सहभागि बनाउ“दैं पशु सेवा बिभाग अन्तरगत कार्यरत अधिकृत तथा अन्य प्राविधिक कर्मचारीहरुलाई अझ बढी जिम्मेवार बनांउदै पशु सेवा कार्यक्रमहरु कार्यन्वयन गर्न जोड दिने छु र आगामी बर्ष भित्र पशुपालक कृषकहरुले निश्चय पनि सकारात्मक परिवर्तनको अनुभती गर्ने कुरामा म बिश्वस्त छु ।
पशु सेवाका प्राविधिकहरु किसानका घरदैलोसम्म पुग्नै चाह“दैनन् भन्ने पनि छ नि ?
मैले माथीनै निवेदन गरिसकेको छु कि हाम्रो सेवा प्रवाह कृषकको माग र आवश्यक्ता अनुसार छैन भनेर । हाल पशु सेवा बिभाग अन्तरगर कुल दरबन्दि ४२३९ रहेको छ । ठूलो संख्यामा प्राविधिकहरु २४ घ १ को प्रावधान अनुसार पद समायोजन भएर कार्यरत रहनु भएको छ । उहा“हरु अवकाश भएका स्वत पद पनि खारेज हुने प्रावधानले गर्दा यि पदहरु कायम हुन नसकेमा प्राविधिक जनशक्ती अझ कम हुन सक्ने सम्भावना रहेको छ । पशु सेवास“ग भएको हालको दरबन्दी अनुसार १ जना प्राविधिकलाई सरदर ३ देखि ५ वटासम्म गाविसहरुमा सेवा दिर्नु पर्ने हुन्छ । जुन असम्भव जस्तै छ । यसले गर्दा कृषकहरुलाई प्राविधिक हरु घर सम्म पुग्न चाह“दैनन् भन्ने भ्रम छ । जुन सत्य होईन । हाल पशु सेवा क्षेत्रमा बिगतको तुलनामा धेरै बिकास भएको छ । पंक्षीपालन तथा बंगुर पालन व्यवसायमा ब्यापक बृद्धी भएको छ । व्यवसायिक रुपमा गाई भैंसी तथा बाख्रापालनमा बिस्तार भई रहेको छ । बिद्यमान एैन तथा नियमहरु कार्यन्वयन गर्ने अभिभारा आएको छ, पशुजन्य बस्तुहरुको विविधिकरणको पनि माग बढी रहेको छ । बजारको माग अनुसार पशुजन्य बस्तुहरुको उत्पादन, प्रशोधन, भण्डारण देखि हरेक चरणमा उपभोक्तासम्म नपुगुन्जेल असल उत्पादन पद्यति अपनाउनु पर्ने वाध्यता र माग छ । यि सवै पक्षहरुमा सेवा पुराउने जनशक्ती भने अहिले पनि २५ बर्ष पहिलैकै स्थितिमा भएको हुनाले कृषकले भनेको बेला र चाहेको बेलामा प्राविधिक सेवा पाउने नसकेका हुन यसमा प्राविधिकहरुको गल्ति नभएको म बिश्वास दिलाउन चाहान्छु ।
यति हु“दा हु“दै पनि पछिल्लो समयमा पशुपालनतिर आकर्षण बढ्नुको कारण चाहि के होला ?
हाम्रो देश जहा“ खेति योग्य जमिन सिमित मात्रामा उपलब्ध छ । भु खण्डिकरण बढ्दो छ । स्वदेश भित्रको उत्पादनले बर्ष भरी खाद्यान्न पुग्न गह्रो छ । खेती गरेर कृषक तथा युवाहरुले पूर्ण रोजगारी बन्न सक्ने सम्भावना खुम्चिदै गएको अवस्थामा पशुपालन व्यवसायले कृषकहरुमा आसाको किरण जगाएको छ । सानो भूमिमा व्यवस्थित तरिकाले पशुपालन गर्न सकेमा यथेष्ट आम्दानी गर्न सक्ने अवस्था रहनुको साथै आन्तरिक र बाह्य बजारमा पनि पशुजन्य बस्तुहरुको माग बढ्दो छ । पशुपालन व्यवसायमा सरल र सहज रुपमा सरकारले कम ब्याजदरमा ऋण उपलब्ध गराउनु, पशु बिमाको व्यवस्था, सरल र सहज पशु सेवा कार्यक्रमहरु, बजारको सुनिश्चितता, लगानीको उचित प्रतिफल आदीको कारणले हालका दिनहरुमा पशुपालन तर्फ कृषकहरु बिशेष गरि शिक्षित र बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको आकर्षण बढेको हो ।
पशुपालनका लागि सरकारले अनुदान दिन्छ भन्ने आशामा पनि त पशुपालन बढ्दै गएको छ भन्छन् नि हो ?
संसारमा सवै मानिसहरु एक नासका हु“दैनन् । समाज भनेकै असल र खरावहरुको मिश्रण हो । हामीले खराव मानिसहरुलाई असल बनाउन प्रयास गर्ने हो । कृषकका नाममा छद्यमभेषि केही कृषकहरुले पक्का पनि अनुदानको लागि पशुपालनमा हात हालेका होलान तर सवैले यसै गरेका हुन भन्नेमा सत्यता छैन । तपाईले अहिले व्यवसायिक फार्महरु भ्रमण गर्ने हो भने अधिकांश कृषकहरुले अनुदान बिनै व्यवसायिक पशुपालन गरेका छन र जसले अनुदान पाएका छन त्यो पनि उनिहरुको लगानीको तुलनामा नगण्य छ भन्दा पनि हुन्छ । यसर्थ अनुदानकै आशामा पशुपालन बढ्दै गएको हो भन्ने कुरा भ्रम मात्र हो यसमा कुनै सत्यता छैन ।
तर पशुपालनमा सरकारले गरेको अनुदान कागजमा नै सिमित भयो, दीगो भएन भन्छन् नि ?
यो सत्य होईन अनुदान दुरुपयोगका छिटपुटघटनाहरु बाहेक अधिकांश अनुदानका कार्यक्रमहरु सफल रहेका छन र कृषकहरुले उचित प्रतिफल पनि प्राप्त गरेको छन । यस आर्थिक बर्षको कुरा गर्ने हो भने समस्त कृषि बिकास मन्त्रालयबाट बिभिन्न कार्यक्रमहरुमा कृषकहरुलाई उल्लेखनिय रुपमा अनुदान बितरण हुंदैछ जसको जानकारी छिटैनै पशु सेवा र कृषि बिभाग दुवैबाट सरोकारवालाहरुलाई प्राप्त हुने छ । युवा लक्षित कार्यक्रमको मात्र कुरा गर्ने हो भने यस आर्थिक बर्षमा कृषि बिकास मन्त्रालय मार्फत ८००० भन्दा बढी युवा लक्षित कार्यक्रमहरु अनुदानमा सञ्चालन हुनगई रहेका छन जसमा पशु सेवा बिभाग अन्तरगत पशुपंक्षी बजार प्रबद्र्धन निर्देशनालयबाट ५०, डेरी सम्बन्धि ४७२, बाख्रापालन सम्बन्धि १६० र बंगुरपालन सम्बन्धि ९२ गरी कुल ७७२ युवा कृषकहरुले अनुदान प्राप्त गर्दैछन ।
बर्डफ्लू घटनालाई मात्र हेर्ने हो भने पनि व्यवसायिक पशुपालन प्रति सरकार उदासिन हो कि किसानहरु नै सक्रिय नभएका हुन् त ?
बर्डफ्लु रोगले मुलत पंक्षी व्यवसायलाई प्रभाव गरेको छ । यो रोग सिमा विहिन रोग हो र जनस्वास्थ्यको लागि ज्यादै घातक भएको हुनाले जनस्वास्थ्य संरक्षणलाई मध्येनजर गरेर यो रोगको नियन्त्रण गर्न विभिन्न उपायहरु अपनाउनु सरकारको दायित्व पनि हो । यो रोगलाई फैलन नदिन र रोगलाई थलोमै नियन्त्रण गर्न रोग फैलिएको क्षेत्रमा वैज्ञानिक मापदण्ड अनुसार सम्पूर्ण पंक्षीहरु नष्ट गर्नु पर्ने थियो । सरकारले नष्ट ग¥र्यो र सरकारको क्षमता अनुसार कृषकलाई राहत पनि उपलब्ध गरायो । कतिपय देशहरुमा कृषकहरुलाई कुनै पनि परिमाणमा राहत रकम उपलब्ध हुंदैन । रोग नियन्त्रण कार्यमा कृषक, व्यवसायिहरुबाट व्यापक सहयोग पनि भएको थियो । रोग नियन्त्रणका हरेक कदममा कृषकहरुको सहभागिता थियो । अहिले कृषकहरुमा व्यापक रुपमा रोगबारे चेतना जागेको छ । सरकारले अहिले व्यवसायिक पशुपंक्षीपालनको लागि व्यवसायिहरुस“ग बसेर बिभिन्न मापदण्डहरु बनाएको छ । व्यवसायिक पशुपंक्षीपालन प्रबद्र्धन गर्न बजेट वक्तव्य मार्फत अनुदानका कार्यक्रमहरु, ब्याजमा अनुदान दिने कार्यक्रमहरु, विमा प्रिमियममा अनुदान कार्यक्रम लगाएत यान्त्रिकरणनिति समेत ल्याएको छ । जसले सरकार उदासिन हैन हमेसा कृषकको हितमा सकृयता साथ लागेको पुष्टि गर्दछ ।
मासुजन्य पदार्थको आयात गर्ने खेलमा लागेका विचौलियका कारण पनि विभिन्न रोगको भ्रम फैलाउने गरिन्छ बर्डफ्लु पनि त्यही हो भन्ने आरोप पनि त लागेको थियो नि ?
बजारको माग अनुसार व्यवसायिहरुले विभिन्न देशहरुबाट विभिन्न प्रकारका वस्तुहरु आयात गर्दछन । नेपाल सरकारले बर्डफ्लु नियन्त्रण आदेशमा भएको प्रावधान अनुसार बर्डफ्लु फैलिएको देशहरुबाट बिभिन्न पंक्षीजन्य बस्तुहरुका साथमा रोग फैलाउन सहायक उत्पादन सामाग्रिहरुमा समेत रोक लगाएको थियो । यती मात्र होईन रोग नफैलिएको देशबाट आयात हुने सामान समेत रोग फैलिएको देश हुंदै ल्याउन रोक लगाएको थियो । यो सवै कार्यक्रमहरु राज्य भित्रका व्यवसायिहरुको हितमा सरकारले चालेको कदम थियो । तर यि प्रावधानहरुको बीचमा पनि केही व्यवसायिले मासुजन्य वस्तुहरु चोरी छिपी ल्याउन प्रयास गरेका थिए तर सरकारले समयमै यि वस्तुहरु नियन्त्रण लिएर नष्ट ग¥र्यो यसकार्यलाई मलाई लाग्छ सवैले सरकारको सरहना गर्नु पर्छ । साथै नागरिक समाजको सहयोग बिना सरकारले सवै काम गर्न कठिनाई हुन्छ । यस्ता गैर जिम्मेवारीका कृयाकलाप भएमा नागरिक समाजले समयमै जिम्मेवार सरकारी निकायमा खवर गरेमा समयमै समस्याको समाधान गर्न सहज हुन्छ । पशु सेवा विभाग यो मामिलामा सचेत छ र हमेशा गैर कानुनी कृयाकलापहरु विभिन्न निकायहरुको सहयोगमा रोक्न सक्षम पनि रहेको व्येहोरा सम्पूर्ण सरोकारवालाहरुमा तपांइको लोकप्रिय पत्रिका मार्फत जानकारी समेत गराउन चाहान्छु ।
समस्या कहा“ छ । सरकारमा कि किसानमा ?
मलाई लाग्छ , समस्या दुवैमा छैन । कृषकवर्गहरुले पनि जिम्मेवार भई असल उत्पादन प्रकृया अनुसार आफ्नो व्यवसाय सञ्चालन गर्नु पर्छ भने सरकारले पनि विद्यमान नितिनियम र प्रावधान अनुसार कृषकलाई सहयोग हुने खालका कार्यहरु गर्नु पर्छ । कृषकवर्ग र सरकार दुवै नागरिक समाजका २ पा“ग्रा हुन कुनै एक पा“ग्रा बिग्रिएमा यो समाज सही रुपमा चल्न सक्तैन । दुवै आ–आफ्ना जिम्मेवारीमा पारदर्शी, जवाफदेही र उत्तरदायि हुनु पर्दछ ।
नेपालमा अरवौं रुपैया“को मासुजन्य बस्तुको आयात भईरहेको छ त्यसलाई न्यूनिकरण गर्न विभागले के योजना बनाएको छ ?
नेपालमा बजारको माग अनुसार बार्षिक करीव ६ अरवको मासु तथा मासुजन्य वस्तुहरु आयात हुनाको साथै बार्षिक रुपमा पशुजन्य वस्तुहरुको उत्पादन बढेको कुरा पनि बिभिन्न तथ्यांकहरुले पुष्टि गर्छ । तर बढ्दो जनसंख्या र मासुको मागमा भएको अप्रत्यासित बृद्धीले स्वदेशको उत्पादनले मागलाई धान्न नसकेको हो । पशु सेवा विभागले आन्तरिक बजारको मागलाई आपुर्ति गर्दै आयात प्रतिस्थापनको लागि निजि क्षेत्रको सहभागितामा पंक्षिपालन व्यवसायलाई व्यापकता दिने र मूल्यमा प्रतिस्पर्धि बनाउने, बंगुरको साथै बाख्रापालन कार्यक्रमलाई थप बिस्तार गर्ने, व्यवसायिक बाख्रा एवं बंगुरपालन कार्यक्रमलाई बिस्तार एवं प्रवद्र्धन गर्ने, पाडापाडी हुर्काउने कार्यक्रमलाई निरन्तरता दिने, उद्यमि एवं प्रशोधनमा संलग्न व्यवसायिहरु मार्फत करारमा पशुपालन बिशेष गरी रांगा तथा बाख्रापालन कार्यक्रम कार्यन्वयन गर्ने जस्ता कार्यक्रमहरुमा जोड दिने योजना बनाएको व्यहोरा जानकारी गराउन चाहान्छु ।
सम्भव छ आयात न्यूनिकरण गर्न ?
आयात न्यूनिकरण गर्न बिल्कुल सम्भव छ । पशु सेवा बिभागले आयात प्रतिस्थापन गर्न सञ्चालन गरेको विविध कार्यक्रमहरु, पशुपालनमा साना किसान लगाएत अन्य बैंकहरुबाट भई रहेको लगानी, व्यवसायिक रुपमा पशुपालन मा युवा कृषकहरुको आकर्षण र सरकारले विभिन्न कार्यक्रमहरु मार्फत पशुपालन व्यवसायमा गरेको लगानीले क्रमिक रुपमा पशुजन्य वस्तुहरुको आयात घट्ने निश्चित छ । २ बर्ष अघि सम्म काठमाडौंको खसी बजारमा ८० प्रतिसत खसी बोकाहरु भारतबाट आउने गथ्र्यो भने गत बर्ष ७० प्रतिसत मात्र भारतबाट आयात भयो र यस बर्ष पनि ७० प्रतिसत भन्दा कम भारतबाट आउने व्यवसायिहरु बताउ“छन । काठमाडौ बाहेक नेपालका अन्य बजारहरुको आवश्यक्ता स्वदेश भित्रै उत्पादित खसीबोकाहरुबाट पूर्ति भई रहेको छ । यसले क्रमिक रुपमा आयात प्रतिस्थापन हुने तथ्यलाई दर्साउछ जस्तो मलाई लाग्छ ।
पशुपालनका लागि सरकारले युवा लक्षित कार्यक्रम ल्याएको तर त्यो सफल हुने संकेत छैन भन्छन् त ?
अहिले नै सफल हुने संकेत छैन भन्ने स्थिति आएको छैन । युवा लक्षित कार्यक्रमकै कारण कतिपय युवाहरु व्यवसायिक रुपमा पशुपालन गर्न सफल बनेका छन र अन्य कतिपयलाई रोजगार दिन समेत सक्षम भएका छन । यस्ता युवाहरु अन्य युवाहरुका लागि प्रेरणाका श्रोत समेत बनेका छन । तर यि कार्यक्रमहरुमा अनुदानको साथ साथ प्रविधी पनि दिनु उत्तिकै जरुरी छ र युवाहरुले गर्ने व्यवसायलाई बजारस“ग जोड्न सहयोग गर्नु पनि त्यतिकै जरुरी छ । जव सम्म अनुदान प्राप्त गर्ने युवाहरुले सन्चालन गरेको व्यवसाय दिगो नभए सम्म युवाहरुद्वारा सञ्चालित व्यवसायको अनुगमन र प्राविधिक पृष्टपोषण त्यतिकै जरुरी रहन्छ ।
अन्त्यमा पशुपालन गर्ने सोचमा रहेका र पशुपालन गरिरहेका किसानलाई के भन्नु हुन्छ ?
आजको बजारको स्थिति हेर्दा कृषि क्षेत्रमा पशुपालन व्यवसायले ज्यादै ठूलो सम्भावना बोकेको छ । जुन कृषक दाजुभाईहरुले पशुपालन गरिरहनु भएको छ, उहा“हरुलाई असल उत्पादन पद्यतिलाई अवलम्बन गर्दै लागत घटाउने प्रविधिको अधिक भन्दा अधिक उपयोग गरी मूल्य र गुणस्तर दुवैमा प्रतिस्पर्धि पशुउत्पादन गर्न सुझाव दिन चाहान्छु भने पशुपालन गर्ने सोचमा रहनु भएका व्यवसायि मित्रहरुलाई पशुपंक्षीपालन व्यवसाय मार्फत धन आर्जन गर्ने प्रचुर सम्भावना भएको हु“दा सोखले लहलहैमा नलागि आप्mनो क्षेत्र, बजारको सम्भावना, प्राविधिक सेवा टेवाको स्थिति मध्येनजर गर्दै प्राविधिकहरुको सहयोग लिएर पशुपालनको योजना बनाई कार्यन्वयन गर्नुहोस सफलताले तपाईलाई कुरी रहेको छ । पशुपंक्षीपालन व्यवसायमा लगन र मेहनत चाहिन्छ सफलताले तपाईलाई पक्का चुम्ने छ । मेहनत नगर्ने र बिना योजना यो क्षेत्रमा हात हाल्ने व्यवसायिहरु र आजको भोली प्रतिफल खोज्ने व्यवसायिहरुलाई असफलता पनि हात लाग्न सक्तछ । निर्णय तपाईकै हातमा छ । पशु सेवा बिभाग तपाइहरुको सहयोगको लागि हमेशा तयार छ । आउनुहोस हातमा हात मिलाई पशु बिकासको माध्यमबाट स्वस्थ र समृद्ध नेपाल बनाऔं । –वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, अशोज १२, २०७१