बिहिबार, फाल्गुन १७, २०८०

प्रांगारिक कृषि उत्पादनका लागि उत्पादक र उपभोक्ता वीच अन्र्तक्रिया

1

धादिङ,१२ असोज । बिषादी प्रयोगका विरुद्ध सरकारी निकाय समेतले चासो दिईरहेका बेला लामो समयदेखि प्रांगारिक कृषि उत्पादनका लागि विभिन्न जिल्लाका ग्रामिण भेगका किसानहरुलाई प्रांगारिक कृषि खेती गर्न उत्प्रेरित गरिरहेको सेकार्ड नेपालले अन्तर्राष्ट्रिय प्रांगारिक कृषि दिवसको अवसर बारेर धार्दिङ र नुवाकोटका ६ वटा कृषकसमूहवीच कृषि उपज उत्पादक र उपभोक्ता वीचको अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जर्मनी सस्था जितिए फाउण्डेनको सहयोगमा सो संस्थाले धार्दिङ र नुवाकोटका ६ वटा कृषक समूहलाई प्रांगारिक कृषि उत्पादनका लागि अनुदान सहयोग गरिरहेको छ । कृषि उत्पादनमा अनुदानसँगै किसानहरुले उत्पादन गरेका कृषि उपजको संकलन केन्द्र समेत स्थापना गरिदिएको छ ।
प्रांगारिक कृषि उपज उत्पादनतर्फ किसानहरुलाई आकर्षित गराउनका लागि सेकार्ड नेपालले कृषि उपज उत्पादन स्थलमा नै गएर प्रांगारिक बिषादी एवं प्रांगारिक मल बनाउने तालिम समे दिंदै आएको बताएको छ ।
प्रांगारिक कृषि उत्पादनका कारण हुने फाइदा र आउने परितर्वनका बारेमा किसानहरु जानकार भईसकेकाले आफूहरुको उदेश्य सफल भएको सेकार्ड नेपालका अध्यक्ष महेश्वर घिमिरेले बताए । अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले अर्गानिक खेती नै नेपालका लागि महत्वपूर्ण भएकाले आम नेपाली किसानहरुलाई प्रांगारिक मलको प्रयोग र प्रांगारिक कृषि उपज उत्पादनले नै किसानहरु सफल हुने समेत बताए ।
नेपालमा उत्पादन भएका अर्गानिक कृषि उपजहरुको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गईरहेकाले किसानहरुले अर्गानिक उत्पादन प्रशस्त मात्रामा गर्न सके विदेशी मुद्रा आर्जन गर्न धेरै नै सहज हुने समेत बनाए ।
नेपाल जडिबुटी तेल र चियाको प्रचुर सम्भावन भएको मुलुक भएको भन्दै त्यसतर्फ लाग्न किसानहरुलाई उत्प्रेरित गर्दे त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत प्रकट गरेका थिए ।
कार्यक्रममा कृषि पत्रकार समाजका प्रतिनिधि एवं कृषि पत्रकार कमला नेपालले किसानहरुले उत्पादन गरेका कृषि उपजहरु विचौलियाहरुका कारण उपभोक्ताहरुले चर्को मूल्यमा खरिद गर्नु परेकाले किसानहरु समेत विचौलियाको मारमा परेका कारण उत्पादन लागत समेत उठान नसक्ने अवस्था आएको औंल्याएकी थिइन् । केही समय अगाडि कालिमाटी तरकारी बजारमा फालिएको गोलभेंडाका कारण विचौलियाहरु मोटाएको र किसानहरु अझै मारमा परिरहेकाले विचौलियाको भ्रममा नपर्न किसानहरुलाई आग्रह समेत गरेकी थिइन् ।
कार्यक्रममा उपस्थित किसानहरुले सेकार्ड नेपालले आफ्नो क्षेत्रमा प्रांगारिक कृषि उपज उत्पादन गर्न उत्प्रेरित गरेकै कारण अहिले रासायनिक मल तथा बिषादीको न्यूनिकरण हुँदै गएको र यसको अन्त्य गर्ने बताएका थिए ।

प्रकाशित मिति: आइतवार, अशोज १२, २०७१