शनिबार, बैशाख ८, २०८१

कृषक महासंघको आर्थिक लेखाजोखामा अन्याय

काठमाडौं,१० असोज । किसान अधिकारमा समर्पित नारा लिएर अगाडि बढेको राष्ट्रिय कृषक समूह महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको प्रथम सामाजिक लेखाजोखा २०७१ कार्यक्रममा अन्याय भएको किसानहरुले बताएका छन् । कृषि विकास मन्त्रालया सहसचिव रामप्रसाद पुलामीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा महासंघले बर्षभरी गरेका कार्यप्रगति महासचिवले पेश गरेको भएपनि प्रतिवेदन अनुरुप कार्यक्रम नभएको भन्दै महासंघमा आवद्ध धेरै सदस्यहरुले कार्यक्रममा सहभागी समेत भएनन् ।
केयर नेपाल सह आयोजक बनेको सो कार्यक्रममा कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन वास्तवमै आर्थिक लेखाजोगा गर्ने खालको भएको एक सहभागीले कृषि अनलाईनलाई बताए । कोषाध्यक्षले प्रस्तुत गरेको लेखा प्रतिवेदन भन्दा पनि आम्दानी र खर्चको एकमुष्ठ विवरण भन्दा अरु केही नभएकोले यो लेखाजोखा कार्यक्रममा नै प्रश्न चिन्ह खडा भएको उनले नाम नछाप्ने शर्तमा कृषि अनलाईनलाई बताए ।
नखाऊ भने दिनभरको शिकार खाऊ भने कान्छा बाउको अनुहार किन विवाद गर्नु भन्ने हिसावले आफू कार्यक्रममा उपस्थित भएको समेत उनले बताए ।
महासंघमा लेखा समिति भित्रै रहेका एक सदस्यले ८० लाख भन्दा बढी रकम विदेशी दातृ निकायहरुबाट आएको भएपनि ती बजेट पारदर्र्शि नभएकोले धेरै महासंघका पदाधिकारी कार्यक्रममा नआएको समेत उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, अशोज १०, २०७१