बिहिबार, चैत्र १५, २०८०

जुम्लाबाट सात करोडको स्याउ निर्यात

apple

जुम्ला, ९ असोज । भदौ महिनाको १५ गतेदेखि असोजको पहिलो साताभित्र रु सात करोडभन्दा बढी जैविक स्याउ जिल्ला बाहिर निर्यात भएको छ ।

जिल्लाको हवाई तथा स्थलमार्गबाट दैनिक निर्यात भइरहेको स्याउबाट अहिले जुम्ली किसानहरूले मनग्य आम्दानी लिएका छन् ।
आम्दानी राम्रै भएपछि जुम्ली किसानलाई आगामी वर्षहरूमा स्याउको व्यावसायिक किसान हुन उत्पे्ररण दिएको छ । नेपालगन्ज सुर्खेतबाट खाद्यान्न लिएर आएका कुनै पनि मालबाहक ट्रक रित्तो हात जानु परेको छैन बरु ट्रकको अभावमा स्याउ भनेको समयमा माग भएका बजारमा पुग्न सकेको छैन ।
जुम्लाको जैविक स्याउले समयमै काठमाडौँ, बुटवल, दाङ, नेपालगन्ज, सुर्खेतजस्ता बजार पाउन सफल भएका छन् भने पूर्वी प्रमुख व्यापारिक सहरहरूमा भने जति जान नसकेको व्यापारीहरू बताउँछन् । वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेका अनुसार जुम्लाबाट दुई हजारभन्दा बढी मेट्रिक टन स्याउ बाहिर जिल्ला गइसकेको छ ।
अझ प्रत्येक दिन जिल्ला बाहिर हरेक व्यक्तिले लिने स्याउको त हिसाब किताब नै छैन ।
त्यसैगरी, उद्योग वाणिज्य सङ्घ जुम्लाको टोलीले पनि करिब ७० मेट्रिक टन स्याउ जिल्लाका छुमचौर, पटमारा, डिल्लीचौर, चन्दनाथ, महत, तलिउम गाविसबाट सङ्कलन गरी जिल्ला बाहिर निर्यात गर्न लागेको महासङ्घ, जुम्ला जिल्लाका महासचिव रामदत्त रावलले जानकारी दिनुभयो ।
जिल्लाका तत्कालीन चन्दननाथ, महत र कार्तिस्वामीसहित गज्र्याकोट, देपालगाउँ, तातोपानी वडा नंंंं ५ र पटमारा गाविसको वडा नं ९ लाई प्राङ्गारिक गाविस तथा वडा घोषणा गरिएको छ ।

प्रकाशित मिति: बिहिबार, अशोज ९, २०७१