मङ्लबार, बैशाख ११, २०८१

गोरखा र धादिङका किसानलाई तरकारीखेती तालिम

गोरखा बजार, ८ असोज । गोरखा र धादिङका विभिन्न गाविसका किसानलाई तरकारीखेतीसम्बन्धी तालिम दिइएको छ । गोरखाको दोस्रो व्यापारिक केन्द्र आरुघाटमा तीन दिनसम्म कृषकलाई तालिम दिइएको ‘सहयोगी हातहरू’को समूह साहसले जनाएको छ । स्थानीयको प्रयासमा जीविकोपार्जन सुधार परियोजनाअन्तर्गत साहसले तरकारीखेतीसम्बन्धी तालिम दिएको हो ।तालिममा गोरखाको आरुचनौटे, आरुआर्बाङ, थुमी र लापु तथा धादिङका बुढाथुम, मूलपानी, सल्यानटार र फुलखर्क गाविसका किसानले सहभागिता जनाएका साहसका नवीन धितालले जानकारी दिनुभयो । तरकारीखेती गर्दै आएका किसानको आम्दानीको स्रोत बढाउनका लागि दुई जिल्लाको २८ जना किसानलाई तरकारी बालीका विभिन्न तरिकाबारे जानकारी दिइएको धितालको भनाइ छ ।  -कृषिसाप्ताहिक

प्रकाशित मिति: बुधबार, अशोज ८, २०७१