शुक्रबार, बैशाख ७, २०८१

बर्डफ्लुपछि कुखुरामा अर्को रोग आतंक

काठमाडौं,७ असोज । गत बर्ष दशैको मुखमा बर्डफ्लुको महामारीबाट आतंकित भक्तपुरका किसानहरुलाई यो बर्षको दशैंमा पनि मारमा पर्ने भएका छन् । विगत एक महिनादेखि भक्तपुरका कुखरामा पहिचान हुन नसकेको रोगका कारण ३० देखि ३५दिनसम्म पुगेका कुखुराहरु फार्म भित्रै मर्न थालेका छन् ।
आफ्नो कुखुरा फार्ममा पालेको कुखुरखा ४५ देखि ५० दिनमा विक्री गर्ने आशामा बसेको किसानहरु ३५ दिन भित्रै कुखुरा मर्न थालेपछि किसानहरुमा आतंक छाएको छ । मरेका कुुखुरामा मर्नु अघि रानीखेत, कोलिवासिम, ढुसी, कोक्सिडोसिस जस्ता रोगका लक्षण देखिएको भएपनि कुन रोगका कारण कुखुरा मरेको हो भन्ने अझै पत्ता लाग्न सकेको छैन ।
मरेका कुखुरा परीक्षणका लागि जिल्ला पशुसेवा कार्यालय , केन्द्रिय पशु अनुसन्धान केन्द्र पु¥याइएको भएपनि रोगको पत्ता नलागेपछि किसानहरुमा चिन्ताले सताएको छ । मरेका कुखुरा मात्र होइन भक्तपुरका फार्ममा रहेको बाँचेका कुखुराको तौल पनि घट्दै गएको किसानहरुले बताएका छन् ।
भक्तपुरमा ३५ दिन लाग्न नपाई कुखुरा मर्नुको कारण पत्ता नलागेपनि कुुखुरालाई ख्वाइने दानाबाट रोग आएको हुन सक्ने वरिष्ट पशु चिकित्सक डा केदार काकीले बताउनु भयो ।

प्रकाशित मिति: मङ्लबार, अशोज ७, २०७१