लम्की, ५ असोज । भारतका विभिन्न स्थानबाट माछाका भुरा नेपाल ल्याइन थालेपछि नेपाली माछापालक कृषक मर्कामा परेका छन् । क्वारेन्टाइन जाँचबिना नै भारतीय माछा कैलालीका विभिन्न नाकाबाट भित्रिने गरेका छन् । यसरी भित्रिने माछाका भुरा स्वास्थ्यका दृष्टिकोणले खान योग्य हुने÷नहुनेप्रति किसानले चिन्ता व्यक्त गरेका छन् ।
कैलाली जिल्लाको सुखडमा आयोजित भेलामा माछापालक किसानले यस्तो चिन्ता व्यक्त गरेका हुन् । मत्स्य विकास केन्द्र गेटाका वरिष्ठ मत्स्य बिकास अधिकृत महेशचन्द्र गुप्ताले सरकारी निकायको लापरबाहीले यस्तो भइरहेको बताउनुभयो । “किसानलाई मर्का परेको छ यस विषयमा सरकार गम्भीर बन्नुपर्छ”–गुप्ताले भन्नुभयो–“यसमा क्वारेन्टाइन विभागले समेत ध्यान दिनु आवश्यक छ ।” जिल्ला कृषि विकास कार्यालय धनगढीका वरिष्ठ कृषि विकास अधिकृत ग्रिसराज जोशीले माछापालक कृषकलाई विशेष योजना आवश्यक रहेको बताउनुभयो । कैलालीमा माछापालनको ठूलो सम्भावना भएर पनि प्राविधिक ज्ञान नहुँदा प्रत्येक वर्ष किसानले घाटा बेहोर्नु परेको उहाँको भनाइ थियो ।
Add Comment