बुधबार, मंसिर १३, २०८०

मौरीको घार बेचेर राम्रैँ आम्दानी

बागलुङ, ४ असोज । कतारको रोजगारी छोडेर नेपाल फर्कनु भएका यहाँका एक युवक मौरीपालन उद्योग खोलेर लाखौँ आम्दानी गर्न सफल हुुनुभएको छ ।
जिल्लाको अमलाचौर–३ काउलेका जीवनबाबु खत्रीले मौरीको घार र मह बेचेर वार्षिक रु आठ लाखसम्म आम्दानी भित्रा्याउन सफल हुनुभएको हो ।
सात वर्षअघि बलेवा मौरीपालन उद्योग सञ्चालन गरेर मह र मौरीको घार बेच्न थाल्नुभएका खत्री अहिले गाउँमै उद्यमीको रूपमा स्थापित बन्नुभएको छ । रु पाँच लाखको लगानीमा सुरु भएको उद्योगमा अहिले दैनिक तीनजना मजदुरले काम पाएका छन् भने वर्षमा ८०० मौरीका घार निर्माण हुने गरेका छन् ।
घार निर्माणसँगै घरमै ६० घारमा मौरीपालन गर्नुभएका खत्रीले वर्ष दिनमै ५०० केजीभन्दा बढी मह उत्पादन गर्दै आउनुभएको छ । प्रतिकेजी मह अहिले रु ६०० मा बिक्री हुने गरेको छ ।
आधुनिक ‘न्युटन बि’ सेरेना घार बन्ने उक्त उद्योगमा प्रयोग हुने टुनी, उत्तिस, लाँकुरी जस्ता काठ गाउँमै खरिद गर्ने गरिएको उहाँको भनाइ छ । त्यसबाहेक घार बनाउन चाहिने कच्चा पदार्थ र सामग्री बजारबाट खरिद हुने गरेको छ ।

प्रकाशित मिति: शनिबार, अशोज ४, २०७१