आइतवार, फाल्गुन २०, २०८०

चेतना अभावका कारण रेबिज र खोरेतको प्रकोप बढ्दो

झापा, २ असोज ।  जनचेतना अभावका कारण झापामा एकैसाथ रेबिज र खोरेतको प्रकोप बढेर गएको छ । चेतना अभावका कारण पशुलाई खोप नलगाउँदा प्रकोप बढेर गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार लखनपुर, तोपगाछी, धरमपुरलगायतका गाविसमा रेबिज र खोरेतको उच्च जोखिम रहेको छ । झापाको सीमावर्ती क्षेत्र खोरेतको उच्च जोखिमयुक्त क्षेत्रका रुपमा लिएर प्रत्येक छ महिनामा खोप कार्यक्रम सञ्चालन गरिए पनि किसानले पशुमा खोप हान्न नमान्नेको कार्यालयका प्रमुख मोहनदेव लेखकले बताउनुभयो । रेबिज लागेको कुकुर, बिरालो, ब्वाँसो, फ्याउरो, चमेरो तथा मुसाको टोकाइबाट मानिसमा समेत सर्ने गर्दछ ।

प्रकाशित मिति: बिहिबार, अशोज २, २०७१