बिहिबार, चैत्र १५, २०८०

पर्वत र म्याग्दीमा साढे चौध टन तरकारीको बीउ उत्पादन हुने

पर्वत, १ असोज । तरकारीको बीउ उत्पादनको पकेट क्षेत्र मानिने पर्वत र म्याग्दीमा यस वर्ष साढे १४ हजार टन बीउ उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

पर्वत र म्याग्दीका बीउ उत्पादक कृषक र बीउ किन्ने व्यापारीका बीचमा यी क्षेत्रबाट विभिन्न जातका १४ हजार ५०० केजी तरकारीको बीउ उत्पादन गर्ने सहमति भएको हो । तरकारीको बीउ बिक्रीबाट जिल्लामा यस वर्ष झन्डै रु ३० लाख भित्रिने अनुमान गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय पर्वत र सिप्रेड नेपालले आयोजना गरेको बीउ बजारीकरणसम्बन्धी गोष्ठीका क्रममा बीउ उत्पादक कृषक र बीउ व्यापारीहरूका बीचमा बीउ उत्पादनसम्बन्धी सहमति भएको हो ।
बीउको मागअनुसार उत्पादन गर्ने र अग्रिम मूल्य तोक्नसकेमा उत्पादित बीउ बिक्रीका लागि समस्या नहुने भएकाले उत्पादन गर्नुपूर्व नै सहमति कायम गरिँदै आएको छ । यसले कृषक र व्यावसायीलाई नै राहत पुग्ने सिप्रेडले जनाएको छ ।
पर्वत जिल्लाको पाङ्राङ, कुर्घा, खुर्कोट, धाइरिङ, शालिजा र लेकफाँटमा तरकारीको बीउ उत्पादन हुँदै आएको छ भने म्याग्दीमा दरबाङ्, बाबियाचौर, बिमलगायतका गाविसमा उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, अशोज १, २०७१